• ५ साउन २०८१, शनिबार

पनौतीको प्रख्यात मानेश्वरी मन्दिर

blog

काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका–५ मा अवस्थित प्रख्यात मानेश्वरी मन्दिर । तिस्बर : राजेश ढुंगाना

पनौती, साउन ५ गते । काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका–५ मा अवस्थित रहेको छ, प्रख्यात मानेश्वरी मन्दिर । पनौती बसपार्कदेखि दक्षिण पूर्व र पुण्यवती खोलाको पश्चिममा अवस्थित मानेश्वरी मन्दिर पनौती भित्र रहेको शक्तिपिठहरुमध्ये एक हो ।

मानेश्वरीलाई वाराही पनि भनिन्छ । यस मन्दिरको निर्माणकाल बारे लिखित रूपमा कुनै तथ्य नरहेता पनि गोपालराज वंशावलीमा राजा मानदेवले मानेश्वरी माईको प्रतिस्थापना गरेको उल्लेख छ ।

मन्दिर भित्रको शिलालाई मानेश्वरी देवीको प्रतीकको रूपमा पुजिने गरिन्छ । यस देवीको मूर्तिको दायाँबायाँ अन्य देव देवताको मूर्ति समेत रहेको छ । यस मन्दिरको परिसरमा पाटी एवम् पर्खाल रहेको छ । मन्दिर प्रवेश गर्ने दुई द्वारभन्दा केही अगाडि कुमार र गणेशका कलात्मक मूर्ति राखिएको छ ।