काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका–५ मा अवस्थित रहेको छ, प्रख्यात मानेश्वरी मन्दिर । पनौती बसपार्कदेखि दक्षिण पूर्व र पुण्यवती खोलाको पश्चिममा अवस्थित मानेश्वरी मन्दिर पनौती भित्र रहेको शक्तिपिठहरुमध्ये एक हो ।
काठमाडौँको शंखरापुर नगरपालिका– ८ मा अवस्थित बज्रयोगिनी मन्दिरको पछाडि र दरबारको मध्य भागमा कलात्मक शैलीको ढुङ्गेधारा रहेको छ ।
काठमाडौँको शंखरापुर नगरपालिका वडा नं ७, सक्व टोलमा अवस्थित प्राचीन एवं प्रख्यात ज्योतिर्लिङ्ग.गेश्वर महादेवको मन्दिर। यस महादेवलाई साँखुको उत्तर(पूर्वी कुनामा लिँड.गपुराणमा वर्णन गरेको ज्योतिर्लिङ्ग.गेश्वर महादेव हो। यो महादेवको मूर्ति करिब १८ इन्च लामो र यसको गोलाई करिब १२ इन्च गोलाकार भई वायव्य कोणतिर ढल्किएर रहेको छ।
काठमाडौँको नागार्जुन नगरपालिका-१ रानीवनमा अवस्थित छ पचली भैरव मन्दिर । यो मन्दिर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको नागार्जुनको फूलबारी अर्थात् ककनी जाने बाटोको बायाँतर्फ राष्ट्रिय निकुञ्जको प्रवेशवरबाट आफ्नो निजी सवारी साधनबाट जाँदा केही दुरीको घना जङ्गलमा अवस्थित रहेको छ।
प्राचीनस्थल जुन कपिलवस्तुको दक्षिण पूर्व वडा न २ मा पर्ने ऐतिहासिक एवं प्राचीनस्थल लमतिया। यही ऐतिहासिक स्थलको एक किनारमा रहेको छ समयमाईको मन्दिर। माटोको ५ वटा थुम्कालाई नै समयमाई मानेर भक्तजनहरू पूजा अर्चना गर्दछन्। यहाँ सयौँको सङ्ख्यामा भक्तजनहरूले चढाएको माटो र सिमेन्टले बनेका साना तथा ठुला हात्तीहरू रहेका छन्।
भरतपुर उपमहानगरपालिका ८ गुन्जनगरमा आकर्षक रूपमा शिव मन्दिर छ ।
काठमाडौँको टोखा नगरपालिका २ झोर जुन प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ । साथै यस उपत्यकाको निकै नै प्रख्यात रहेको झोर झरना नजिक अर्थात् बायाँतर्फ ठुला गोलाकार पत्थरको मध्य भागमा रहेको साँगुरो गुफा भित्र रहेको छ प्राचीन कृष्ण बरुणेश्वर महादेव ।
भरतपुर उप महानगरपालिका वडा नं. १ मा अवस्थित शिव मन्दिर। शिवको मन्दिर नारायणगढको नारायणी नदी किनार अर्थात् पुलचोकको पुलको उत्तरतर्फको बाटोको केही दुरीमा दाहिने तर्फ रहेको दुर्गा मन्दिरको नजिकै टाँसिएको छ।
भरतपुर उपमहानगरपालिका अन्तर्गत गुन्ज नगर ८ चितवनमा अवस्थित कलात्मक एवं प्यागोडा शैलीको मनकामना मन्दिर। निकै फराकिलो क्षेत्रफलमा रहेको यो मनकामना मन्दिर काष्ठकला र अन्य कलाको एक उत्कृष्ट मन्दिर हो।
जिल्लाको नमोबद्ध नगरपालिका दाप्चाबेसी वडा नं. ७ भकुण्डेबेसीको नौबिसेमा अवस्थित जगबैज्येश्वर महादेवको मन्दिर । उत्तर बाहिनी हुँदै बगेको गङ्गा, सरस्वती र यमुना नामक दाप्चेखोलाको सङ्गम त्रिवेणी पर्दछ।
कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि करिब २ किलोमिटरको दूरी अर्थात् दक्षिण तर्फ रहेको ऐतिहासिक एवं प्राचीन स्थल बर्दहवा कोट । ठुलो पिपलको बोट मुनि पुरातत्त्व विभागको साइनबोर्ड समेत रहेको स्थलमा प्राचीन एवं ऐतिहासिक भग्नावशेषहरू, प्राचीन पत्थर, इँटा, शिला आदी रहेका छन्। यही स्थलको नजिक वडा नम्बर २ को वडा कार्यालय समेत रहेको छ। स्थानीयवासीहरु यही स्थलमा पूजा समेत गर्ने गर्दछन्।
सिन्धुलीको प्रख्यात मन्दिर मध्ये कमलामाई मन्दिर पनि एक हो। यो कमलामाई मन्दिर सिन्धुलीमाढीबाट करिब १२ किमी टाढा रहेको छ ।
राजविराज एवं नेपालकै प्रख्यात छिन्नमस्ता मन्दिर। यो प्राचीन एवं भव्य मन्दिर सदरमुकाम राजविराज बजारबाट करिब १० किमि दक्षिणतर्फ सखडा भन्ने ठाउँमा पर्दछ। नेपाली शैलीमा निर्मित यस मन्दिर भित्र दायाँदेखि बायाँसम्म लहरै शिर छोपिएका ५ वटा मूर्ति रहेका छन्। ती मूर्तिहरूलाई भैरवी, चामुण्डा, छिन्नमस्ता, दक्षिणकाली र मर्हिषमर्दिनी भन्दछन्। छिन्नमस्ता भगवतीको शिर काटिएकोले यस भगवतीलाई छिन्नमस्ता भनिएको हो।
हेटौडाको भुटनदेवी मन्दिर, हेटौडा मात्र होइन कि यी देवी नेपालमा नै निकै प्रख्यात देवी मध्ये एक हो । यो मन्दिर मकवानपुरको सदरमुकाम हेटौडा उप महानगरपालिका वडा नं १० को मध्य बजारमा अवस्थित रहेको छ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ मा अवस्थित मुख्य बजारको पूर्व तर्फ रहेको प्रख्यात राजदेवीको मन्दिर। यस मन्दिरको गर्भ गृहमा निकै नै कलात्मक शैलीका ४ वटा कालो प्रस्तरको शिला रहेको छ त्यही शिलालाई राजदेवी भनेर भक्तजनहरूले पुज्ने गर्दछन्।