• २२ कात्तिक २०८२, शनिबार

धावनमार्गको बत्तीमा समस्या आएपछि अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

blog

काठमाडौँ, कात्तिक २२ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द गरिएको छ । रन-वे किनारका बत्तीमा समस्या देखिएपछि शनिबार साँझ साढे ५ बजेदेखि उडान तथा अवतरण प्रभावित भएको हो । 

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका उडान प्रभावित बनेका छन् । रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ । उक्त लाइटिङमा देखिएको समस्या समाधानको प्रयास भइरहेकाले शीघ्र नियमित उडान हुने उहाँले जानकारी दिनुभयो ।  

काठमाडौँ अवतरण हुन आएका विमान आकाशमै घुमिरहेका छन् । अर्को सूचना प्रकाशित नभएसम्मका लागि उडान र अवतरण दुवै प्रभावित रहने प्रवक्ता शेर्पाको भनाइ छ।