फापर प्रमुख खाद्यान्न बाली मध्ये एक हो । फापरका २ प्रजाति रहेका छन् तिते र मिठे फापर । जङ्गली अवस्थामा फल्ने एउटा प्रजाति छ जसलाई वन फापर पनि भनिन्छ ।
रुपन्देही जिल्लाको कोटही गाउँपालिका वडा नं ६ मर्चवारीमा अवस्थित ३२ फिट अग्लो हनुमानको मूर्ति। यो हनुमानको मूर्ति निकै नै कलात्मक र आकर्षक रहेको छ। हनुमान मूर्तिको अगाडी दाहिने तर्फ एउटा हात्ती रहेको छ।
रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं. ७ कन्यामाईमा अवस्थित रहेको प्राचीन कन्यामाई र वैरीमाईका मूर्तिहरू। यस मन्दिरको गर्भ गृहमा रहेका निकै नै कलात्मक शैलीका विभिन्न आकारका साथै केही मूर्ति स्त्रीको रूपमा पनि देखिन्छ। यी मूर्तिहरू केही वर्ष अगाडी यत्र तत्र छरिएर रहेका थिए।
कपिलवस्तुको मौर्यकालीन ऐतिहासिक स्थल तिलौराकोट नजिक अर्थात् ५ सय मिटरको दुरीमा बाणगंगा नदी किनारमा ऐतिहासिक स्थल धम्नीहवा अर्थात् तिलौरी रहेको छ ।
कपिलवस्तु लगायत तराइका जिल्लाहरूमा केही दिनदेखि चिसो बढेसँगै शीतलहर सुरु भएको छ । शीतलहरसँगै यहाँको जनजीवन प्रभावित भएको छ।
कपिलवस्तु जिल्ला धान, गहुँ र आलु खेतीका लागि प्रख्यात छ। कपिलवस्तुको अधिकांश जमिन खेतीयोग्य छ। ग्रामीण क्षेत्रमा अहिले गहुँ र आलु खेतीले हरियाली छाएको छ।
कपिलवस्तुको प्राचीन एवं ऐतिहासिक स्थल तिलौराकोटमा भुटानी बौद्ध धर्मगुरुहरुले नृत्य प्रदर्शन गरेका छन् । गौतम बुद्धले २९ वर्ष युवापन व्यतीत गरेका थिए जुन उहाँका पिता शाक्य राजा शुध्दोधनका दरबार स्थलमा भुटानबाट आएको ६७ बौध्दधर्मावलम्बीहरुले शुक्रवार धार्मिक नृत्य र वृद्ध मन्त्रोचारण गरी नृत्य गर्नुभएको थियो ।
कपिलवस्तुको सदरमुकाम तौलिहवा बजारदेखि पश्चिम करिब दुई किलोमिटरको दुरीमा रहेको ऐतिहासिक स्थल कुदान अर्थात् निग्रोधराममा प्राचीन बुद्धकालीन इनार रहेको छ ।
चितवनको भरतपुरबाट देवघाट जाँदा वा देवघाट प्रवेश गरेपछि दाहिने तर्फ जङ्गलमा अवस्थित रहेको छ बागेश्वरी मन्दिर । यो मन्दिर भरतपुर महानगरपालिका – १ बागेश्वरी देवघाटमा रहेको छ।
अशोक सम्राट् उपगुप्ताको अगुवाइमा सर्वप्रथम चार स्थलको यात्रा गर्ने सिलसिलामा सम्राट्को पहिलो यात्रा लुम्बिनीबाट सुरुवात भएको स्पष्ट दिव्यावदान साहित्यमा उल्लेख गरिएको छ ।
कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ मा अवस्थित प्राचीन गोदावरी शिव मन्दिर दर्शनार्थीहरुका लागि मुख्य स्थल बनेको छ। यो प्राचीन शिव मन्दिर कैलाली जिल्लाको अत्तरियाबाट डडेलधुरा, बैतडी जाने राजमार्गको बायाँ तर्फ गोदावरी नदीको किनारको उच्च भागमा रहेको छ।
रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं ४ भवानीपुरमा अवस्थित प्रख्यात मायादेवी माइती मन्दिर। भवानीपुर जसलाई देविडानगर पनि भनिन्छ। प्राचीन देवदह, कोलियाहरुको राजधानी थियो भन्ने विश्वास गरिन्छ।
चितवनको कुचकुचे मध्यवर्ती सामुदायिक वनको मध्य भागमा रहेको देवीथान मन्दिरको दर्शनले भक्तजनको दुःख हट्ने विश्वास गरिदैआएको छ । मन्दिर नेपाली शैलीमा निर्माण गरिएको छ ।
भीमदत्त नगरपालिकाको सिंहपुर अर्थात् शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जङ्गलको मध्य भागमा रहेको सिंहपाल बाबाको मन्दिर यो क्षेत्रमा प्रसिद्ध छ।
धादिङ जिल्लाको चरौदी भएर बगेको त्रिशूली नदीमा स्वदेशी पर्यटकहरू र्याफ्टिङ गर्न घुइँचो लागेको छ । त्रिशूली र्याफ्टिङलाई नेपालको सबैभन्दा लोकप्रिय ह्वाइटवाटर टुर पनि भनिन्छ ।