सिन्धुलीको प्रख्यात मन्दिर मध्ये कमलामाई मन्दिर पनि एक हो। यो कमलामाई मन्दिर सिन्धुलीमाढीबाट करिब १२ किमी टाढा रहेको छ ।
राजविराज एवं नेपालकै प्रख्यात छिन्नमस्ता मन्दिर। यो प्राचीन एवं भव्य मन्दिर सदरमुकाम राजविराज बजारबाट करिब १० किमि दक्षिणतर्फ सखडा भन्ने ठाउँमा पर्दछ। नेपाली शैलीमा निर्मित यस मन्दिर भित्र दायाँदेखि बायाँसम्म लहरै शिर छोपिएका ५ वटा मूर्ति रहेका छन्। ती मूर्तिहरूलाई भैरवी, चामुण्डा, छिन्नमस्ता, दक्षिणकाली र मर्हिषमर्दिनी भन्दछन्। छिन्नमस्ता भगवतीको शिर काटिएकोले यस भगवतीलाई छिन्नमस्ता भनिएको हो।
हेटौडाको भुटनदेवी मन्दिर, हेटौडा मात्र होइन कि यी देवी नेपालमा नै निकै प्रख्यात देवी मध्ये एक हो । यो मन्दिर मकवानपुरको सदरमुकाम हेटौडा उप महानगरपालिका वडा नं १० को मध्य बजारमा अवस्थित रहेको छ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ मा अवस्थित मुख्य बजारको पूर्व तर्फ रहेको प्रख्यात राजदेवीको मन्दिर। यस मन्दिरको गर्भ गृहमा निकै नै कलात्मक शैलीका ४ वटा कालो प्रस्तरको शिला रहेको छ त्यही शिलालाई राजदेवी भनेर भक्तजनहरूले पुज्ने गर्दछन्।
सप्तरी जिल्लाको कंकालिनी नगरपालिका वडा नम्बर १ भारदह मा अवस्थित प्रख्यात कंकालिनी भगवतीको मन्दिर। यो मन्दिर काठमाडौँदेखि ३२२ किमी दूरी पूर्वमा रहेको छ। पूर्व पश्चिम राजमार्गको कोशी पश्चिमी तटबन्धसँगै स्थापित रहेको छ।
मकवानपुरको हेटौडा उपमहानगरपालिका हेटौडा बजारदेखि करिब १३ किमी दक्षिण तर्फ अर्थात् वीरगन्ज जाने पूर्वपश्चिम राजमार्गको बायाँ तर्फ चुरे पहाडको फेदीमा यो प्रख्यात चुरियामाईको मन्दिर अवस्थित रहेको छ। यो मन्दिर चुरे पहाडमा भएकोले यस देवीलाई चुरेमाई अर्थात् चुरियामाई भन्ने गरिएको छ।
पाल्पाको प्रख्यात ऐतिहासिक रानी महल अर्थात् यसलाई नेपालको ताज महल भनेर पनि चिनिने गरिएको छ। पाल्पा तानसेन बजारदेखि उत्तर काली गण्डकी नदीको तिर अर्थात् भिरालो खोचमा चट्टान माथि करिब ५-१५-०-२ रोपनी क्षेत्रफलमा फैलिएको छ।
कपिलवस्तुको सदरमुकाम तौलिहवा बजारको प्रमुख स्थलमा अवस्थित प्रख्यात तौलेश्वर नाथ अर्थात् ताम्रेश्वर महादेवको मन्दिर। यस मन्दिरलाई तौलेश्वर बाबाको मन्दिर पनि भनिने गरिन्छ।
कपिलवस्तु जिल्ला वडा नं. २ को लमतियामा अवस्थित छ, समयमाईको मन्दिर । यस मन्दिरमा पाँच वटा माटोको रातो थुम्का रहेका छन् ।
भरतपुर उपमहानगरपालिका– १ पुलचोकमा अवस्थित प्रख्यात ईश्वरी माईको मन्दिर । नारायणगढको नारायणी नदीको पुग्नु अगावै पुलचोकको उत्तरतर्फको सडकको केही दुरीमा बायाँतर्फ यो प्यागोडा शैलीको ईश्वरी माईको मन्दिर रहेको छ ।
पाल्पाको रिब्दिकोट गाउँपालिका– ४ मा अवस्थित सेनकालीन भैरवको मन्दिर प्रख्यात रहेको छ। यो मन्दिर समुन्द्र सतहदेखि एक हजार ४७० मिटर उचाइ अर्थात् प्राकृतिक सम्पदाले भरिपूर्ण डाँडाको टाकुरामा रहेको छ । जसको क्षेत्रफल ११ रोपनी ४ आना छ।
कन्चनपुर जिल्लाको बेतकोट नगरपालिका वडा नं. ४ को बैतडामा अवस्थित वैधनाथ मन्दिर यो क्षेत्रमा चर्चित छ ।
कन्चनपुर जिल्लाको बेतकोट नगरपालिका वडा नं. ४ को बैतडामा अवस्थित छ, बैधनाथ मन्दिर । यो मन्दिर त्यस क्षेत्रको प्रख्यात घटालबाबाको मन्दिर नजिक रहेको छ ।
भरतपुर उप महानगरपालिका वडा नं. १ पुलचोकमा अवस्थित प्रख्यात दुर्गा मन्दिर। यो दुर्गा देवीको मन्दिर नारायणी नदीको पुल नजिकको उत्तरतर्फको सडकको केही दुरीमा दाहिनेतर्फ दुई तले प्याइगोडा शैलीको निकै नै आकर्षक रहेको छ।
काठमाडौँबाट अलि मास्तिर साँखु बजारदेखि केही दुरीमा रहेको तीर्थस्थल शाली नदी किनारमा रहेको निकै नै कलात्मक शैलीको प्रख्यात स्वस्थानी माताको मन्दिर रहेको छ । यस मन्दिरको गर्भ गृहमा कालो प्रस्तरको निकै नै आकर्षक र कलात्मक शैलीको स्वस्थानी माताको मूर्ति छ ।