रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ५ को बोगडी गाउँमा रहेको प्रख्यात मर्चवारी माईको मन्दिर । यो देवीको मन्दिरलाई निकै नै पुरानो देवी मानिएको छ ।
बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका वडा नं. ९ मा अवस्थित रहेको प्रख्यात ठाकुर बाबा मन्दिर । यस स्थललाई ठाकुर बाबा मध्यवर्ती धार्मिक वन पनि भनिन्छ।
कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोट दरबार जहाँ गौतम बुद्धले २९ वर्ष युवा काल बिताएका थिए। यस तिलौराकोटमा ४ वटा द्वार रहेका छन्। पूर्वीद्वार , पश्चिमद्वार, उत्तरीद्वार र दक्षिणीद्वार । हाल चलनमा आएको प्रमुखद्धारको रूपमा पश्चिमद्वार रहेको छ।
बर्दियाको गुलरिया नगरपालिका वडा नं ४ मा अवस्थित कोटही देवीको मन्दिर प्रख्यात मध्येको एक हो । यहाँ पहिला पिपलको ठुटाको फेदीमा शिला पत्र मात्र थियो। भक्तजनहरू त्यही शिला पत्रलाई कोटही देवी मानी पूजा अर्चना गर्दथे।
गैडहवा गाउँपालिका वडा नं ८ मा अवस्थित प्राचीन डोलही शिव मन्दिर निकै प्राचीन मन्दिर मध्ये एक हो । यो मन्दिर गाउँको मध्य भाग वा सडकको दाहिने तर्फ शिखर शैलीको रहेको छ।
जिल्लाको सुनवल नगरपालिका वडा नं. ४ रमवापुरमा स्थित कृष्णधाममा विश्वकै अग्लो कृष्ण भगवानको मूर्ति स्थापना गरिएको छ ।
नवलपरासी जिल्लाको पाल्ही नन्दन गाउँपालिका वडा नं.४ मा अवस्थित प्राचीन एवम् प्रख्यात पाल्ही कोटकी काली भगवती मन्दिर छ ।
प्रख्यात सिद्ध बाबाको मन्दिर सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ४ स्थित च्याउ कोट डाँडा अर्थात् सिन्धुलीगढीमा अवस्थित रहेको छ ।
काठमाडाैंको शङ्खरापुर नगरपालिका साँखुको प्रख्यात एवम् प्राचीन बज्रयोगिनी मन्दिर छ । यसकै दायाँतर्फ प्राचीन गुंविहार छ । नेपाल भाषामा 'गुं' को अर्थ जङ्गल हो। त्यसैले यसलाई जङ्गलमा रहेको विहार भनिएको हो ।
कपिलवस्तुको पूर्व ( दक्षिणमा रहेको प्राचीन स्थल सिसहिनया कोट । मायादेवी गाउँपालिका वडा नं. ५ मा अवस्थित ठुलो सिसहनियामा ५२ बिगाहा क्षेत्रफलमा फैलिएको एउटा ठुलो कोट र २ वटा साना कोट रहेका छन् ।
काभ्रेको पनौती नगरपालिका वडा नं. ७ अर्थात् पनौती बजारमा रहेको त्रिवेणीघाट पारी उत्तरतर्फ पवित्र स्थल सचीतीर्थ कै किनारमा अवस्थित प्रख्यात ब्रह्मायणी मन्दिर । प्यागोडा शैलीको यो मन्दिर निकै नै आकर्षक र कलात्मक रहेको छ । यस मन्दिरको छानाको भित्री भागमा अनुपम कलात्मक कलाकृतिहरू रहेका छन् ।
नवलपुरको दुम्कीबास गाउँपालिका वडा नं ५ दाउन्ने पर्वत अमरवनमा अवस्थित धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिकोणले निकै नै महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित रहेको छ ।
धुलिखेलबाट सिन्धुलीतर्फ जाँदा करिब ४० किलोमिटरको दूरी बी.पी. राजमार्गको बायाँतर्फ एउटा ठूलो आकारमा डम्फु बनाइएको छ ।
काठमाडौँको रत्नपार्कबाट करिब १५ किमी पूर्व साँखु बजारदेखि केही दुरीमा रहेको तीर्थस्थल शाली नदी किनारमा रहेको निकै नै कलात्मक शैलीको स्वस्थानी मातेश्वरीको मन्दिर रहेको छ ।
चितवन जिल्लाको सौराहामा रहेको चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । टिकौली वन र राप्ती नदीदेखि महाभारतको फेदसम्म १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस क्षेत्रलाई सन् १९७३ मा नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको हो ।