• १२ साउन २०८१, शनिबार

विशाल बजारको महालक्ष्मी मन्दिर

blog

काठमाडौं, कात्तिक २५ गते ।  काठमाडौं नयाँ सडकमा रहेको विशाल बजार परिसरमा महालक्ष्मी मन्दिर छ। जुद्ध सडकबाट दाहिनेतर्फ रहेको शिखर शैलीमा बनेको यो मन्दिरमा हरेक दिन भक्तजनको भीड लाग्ने गरेको छ । मन्दिर गर्भगृहमा श्रीयन्त्रमाथि कलशको रुपमा देवीको प्रतीक मानी भक्तजनले पूजा गर्छन् । कतिपय भक्तजनले गुह्येश्वरी भगवतीको रुपमा पनि दर्शन गर्छन् । 

यी देवीलाई परापूर्वकालदेखि नै शक्तिशाली देवीको रुपमा मानिँदै आएकाे छ । यी देवीको वरिपरि सदा सम्पत्ति घुमिरहन्छ भन्ने जनविश्वास छ। मन्दिरका पुजारीका अनुसार यस देवीलाई विशेषतः व्यापारीले श्रद्धापूर्वक पूजा गर्दै आएका छन् ।