• १२ साउन २०८१, शनिबार

बन्दीपुरको खड्गमाई मन्दिर (फोटो फिचर)

blog

काठमाडौं, पुस १४ गते । तनहुँ जिल्लाको प्रख्यात पर्यटकीय स्थल बन्दीपुरमा रहेको ऐतिहासिक एवं प्राचीन मध्येको एक मन्दिर हो खड्गमाईको मन्दिर । यो मन्दिर ब्यास नगरपालिका वडा नम्बर ११ को उच्च पहाडको पूर्वी भागमा अवस्थित रहेको छ।

यी खड्गमाईको मन्दिरले नेपालको ऐतिहासिक संस्कृतिको परिचय समेत दिएको छ। खड्ग एक शक्ति हो । कुनै साधारण मानिसले मन्दिरको गर्भगृहमा रहेको खड्गलाई नाङ्गो रूपमा देख्यो भने खड्गको शक्तिले गर्दा देख्ने मानिस भष्म हुन्छ भन्ने किम्बदन्ती रहेको छ। 

विशेष गरेर यी देवीलाई बन्दीपुरका  स्थानीयवासी कुलदेवीको रूपमा मान्ने गर्दछन्। विशेष गरेर  देवीको मन्दिरमा नेपालीको महानपर्व विजया दशमीमा भक्तजनको भीड लाग्ने गर्छ। यस निकै नै कलात्मक शैलीको मन्दिर परिसरमा अन्य देव देवताको मूर्ति समेत रहेको छ।