नेपालको पहिलो चितवन राष्ट्रिय निकुञ्जको सौराहामा सौन्दर्यले भरिपूर्ण मयूर पन्छी देख्न पाइन्छ । मयूर वनको चरा भएकाले यो चरा अन्य राष्ट्रिया निकुञ्जमा पनि देख्न सकिन्छ । जमिनमा गुँड बनाउँछ तर रुखमा बस्छ । यो चरालाई बहुरङ्गी चरा पनि भनिन्छ । दक्षिण एसियाका विभिन्न देशमा मयूर पाइन्छ । प्रजननको मौसममा सौराहा जङ्गलमा मयूरको अत्यधिक चहलपहल हुने गर्दछ ।
कैलाली जिल्ला टिकापुर नगरपालिका–७ सत्ती बजार अर्थात् पूर्वबाट पूर्वपश्चिम राजमार्ग हुँदै सुदूरपश्चिम जाँदा लम्कीबाट बायाँतर्फ करिब २४ किलो मिटरको दूरीमा अवस्थित छन् प्राचीन एवम् ऐतिहासिक पद्म प्रकाशेश्वर महादेवको मन्दिर ।
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ८ ठुलो मैनिहवामा अवस्थित शिवको मन्दिर सदरमुकाम तौलिहवा बजारदेखि करिब २ किमी पूर्व अर्थात् लुम्बिनी राजमार्गको बायाँतर्फ रहेको छ ।
गोरखाको पोखरी थोकमा रहेको ऐतिहासिक राधा बल्लभेश्वर मन्दिर गोरखाकै पुरानो तीर्थस्थल मध्ये एक हो ।
दाङको गोबरडिहा १ धानखोला, देउखुरीमा रहेको नागेश्वरी मन्दिर भक्तजनका लागि निकै नै प्रख्यात मानिन्छ ।
दोलखाको प्रख्यात भीमेश्वर स्थानबाट ओर्लेर पश्चिमतिर लागेपछि लिस्तिटोलमा अवस्थित प्राचीन एवं आकर्षक धर्म धातु बौद्ध स्तुपा छ। यसलाई सेंग चैत्य वा सिंगोस्थान पनि भनिने गरिएको छ ।
कैलालीको धनगढी उप महानगरपालिका वडा नं १६ को उर्मारामपुरको जङ्गलमा रहेको प्रख्यात बेहडाबाबामा हिजोआज दर्शनार्थीको भीड लाग्ने गरेको छ । पहिले यो स्थानलाई बेडा भन्ने गरिन्थ्यो।
गोरखाको काहुले भंगार, बुंगकोटमा नेपालका प्रथम शहीद लखन थापा मगरको स्मारक स्थल निर्माण गरिएको छ । लखन थापा मगरको जन्मस्थल समेत रहेको यहाँ थापाले विद्रोहको सुरुवात गरेका थिए ।
जिल्लाको बिगु गाउँपालिका वडा नं. १ मा अवस्थित प्राचीन देउलिंगेश्वर महादेवको मन्दिर प्राचीन मात्र नभएर भक्तजनका लागि समेत प्रख्यात मानिन्छ। यो मन्दिर दोलखाको गोंगर नजिक बायाँ तर्फको उच्च पहाडी भेगमा रहेको छ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ को सुखडमा अवस्थित घोडाघोडी मन्दिर भक्तजनका लागि प्रख्यात मानिन्छ । यो मन्दिर पूर्वपश्चिम राजमार्गको दक्षिण भागमा राजमार्गको किनारमा रहेको छ ।
गोरखाको पादेली वा पोखरी थोकको चोकमा अवस्थित रामेश्वर मन्दिर प्रख्यात मन्दिर मध्ये एक हो । दर्शनार्थीको भीड लाग्ने यस मन्दिरको निर्माण वि.स. १६९३ मा राजा राम शाहले गराउन लगाएको इतिहास छ ।
दाङको घोराही उपमहानगरपालिका चौघरामा रहेको प्रख्यात गोरक्ष या रत्ननाथ या चौघरा मन्दिर भक्तजनको मुख्य तीर्थस्थल बन्दै गएको छ। भगवान् गोरखानाथका शिष्य रत्ननाथबाट यस मठको निर्माण भएको मानिएको यो मन्दिर पछिल्लो समय सबैको आस्थाको केन्द्र बनेको छ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ मा अवस्थित प्राचीन भद्रकाली मन्दिर भक्तजनहरूका लागि प्रख्यात बनेको छ । यो मन्दिर काठमाडौँबाट बि.पी. राजमार्ग हुँदै जाँदा ढुंग्रेभन्ज्याङको दाहिने तर्फको डाँडाको चुचुरोमा रहेको छ। जुन प्राकृतिक सम्पदाले भरिपूर्ण स्थल रहेको यस मन्दिरमा पुग्नको लागि राजमार्गबाट १५८ खुट्किला माथि उक्लिनु पर्छ।
रुपन्देहीको पटखौली गाउँपालिका वडा नम्बर ८ गौरी गाउँमा अवस्थित सतियामाई मन्दिर दर्शनार्थीहरुका लागि प्रख्यात मध्ये एक हो ।
सिन्धुलीको सुनकोसी गाउँपालिका –५ मुल्कोटमा स्थित बी.पी.राजमार्ग हुँदै सिन्धुली जाँदा राजमार्गसँगै दाहिने तर्फको भित्तामा रहेको सेतीदेवीको मन्दिर आजभोलि सबैको आस्थाको केन्द्र बनेको छ ।