शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), कात्तिक २१ गते । धनकुटा नगरपालिका –६, स्थित औद्योगिक क्षेत्रबाट अवैध लागूऔषसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले धनकुटा नगरपालिका –६ गोठगाउँ बस्ने तिलक भुजेल र मौसम राईलाई नियन्त्रणमा लिइएको छ । लागूऔषध कारोबार भइरहेको भन्ने विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी सहायक निरीक्षक हरिकुमार राईको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपि राजन कार्कीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएको भूजेल र राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।