• १२ साउन २०८१, शनिबार

पुरातात्त्विक स्थलमा समयमाईको मन्दिर

blog

कपिलवस्तु, फागुन १९ गते । कपिलवस्तु जिल्ला वडा नं. २ को लमतियामा अवस्थित छ, समयमाईको मन्दिर । यस मन्दिरमा पाँच वटा माटोको रातो थुम्का रहेका छन् ।

यही थुम्कालाई भक्तजनहरूले समयमाई मानेर पूजाअर्चना गर्ने गर्दछन् । यस मन्दिरमा भाकल स्वरूप भक्तजनहरूले माटो वा सिमेन्टको सानो वा ठुलो हात्ती बनाएर चढाइने गर्छन् । मन्दिर परिसरमा यस्ता हात्ती करिब एक सय वटा जति छन् ।

तर यही स्थलमा पुरातत्त्व विभागको निलो साइनबोर्ड समेत राखिएको छ । जहाँ प्रष्टरुपमा लेखिएको छ ‘‘यस ऐतिहासिक स्थलमा हानी नोक्सानी पुराएमा दण्ड, सजाय हुने छ ।’’


यस कपिलवस्तु जिल्लामा यस्ता ऐतिहासिक स्थल थुप्रै रहेका छन् । जसमा अधिकांशमा समयमाईको मन्दिर स्थापना गरिएका छन् । यस्ता ऐतिहासिक स्थलहरूमा जथाभाबी मठ, मन्दिर बनाउँदा प्राचीन कपिलवस्तुमै आँच आउने कार्य भइरहेको छ भने पुरातत्त्व विभागको साइनबोर्डमा लेखिए बमोजिमको दण्ड र सजाय भने हालसम्म हुन सकेको छैन ।