• १० जेठ २०८१, बिहिबार

हाम्रो सम्पदा

कपिलवस्तुको बर्दहवा कोट (फोटो फिचर)

blog

कपिलवस्तु, वैशाख २२ गते । कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि करिब २ किलोमिटरको दूरी अर्थात् दक्षिण तर्फ रहेको ऐतिहासिक एवं प्राचीन स्थल बर्दहवा कोट । ठुलो पिपलको बोट मुनि पुरातत्त्व विभागको साइनबोर्ड समेत रहेको स्थलमा प्राचीन एवं ऐतिहासिक भग्नावशेषहरू, प्राचीन पत्थर, इँटा, शिला आदी रहेका छन्। यही स्थलको नजिक वडा नम्बर २ को वडा कार्यालय समेत रहेको छ। स्थानीयवासीहरु यही स्थलमा पूजा समेत गर्ने गर्दछन्।

स्थानीयवासीहरुको भनाई अनुसार यस स्थल अवलोकन गर्न बाहिरबाट बौद्ध धर्मावलम्बीहरू आउने गर्दछन् तर हामीहरूलाई पनि थाहा छैन यो के हो यति मात्र थाहा छ यो प्राचीनस्थल हो र यसको सुरक्षा हामीहरूले गरिरहेका छौ। यसैले होला हाम्रो गाउँको नाम बर्दहवा कोट भनिएको भनेर बताउँछन्।

लुम्बिनी विकास कोषका प्रमुख एवं पुरातत्त्वविद् हिमाल कुमार उप्रेतीका अनुसार यो स्थल प्राचीन एवं ऐतिहासिक स्थल हो तर यहाँ उत्खनन नभएको हुँदा यो कुन कालिनको भग्नावशेष हो भनेर यकिनका साथ भन्न कठिन रहेको छ। उत्खनन पश्चात् मात्र यकिनका साथ भन्न सकिने बताउनुभयो।