• १२ असार २०८१, बुधबार

हाम्रो सम्पदा

चितवन मनकामना मन्दिर (फोटो फिचर)

blog

चितवन, जेठ ५ गते । भरतपुर उपमहानगरपालिका अन्तर्गत गुन्ज नगर ८ चितवनमा अवस्थित कलात्मक एवं प्यागोडा शैलीको मनकामना मन्दिर। निकै फराकिलो क्षेत्रफलमा रहेको यो मनकामना मन्दिर काष्ठकला र अन्य कलाको एक उत्कृष्ट मन्दिर हो।

यस मन्दिरको प्रमुख प्रवेशद्वार अगाडी दायाँ र बायाँ २ वटा ठुला घण्टा रहेका छन्। मन्दिरको गर्भ गृहमा आकर्षक मनकामना माताको मूर्ति लगायत अन्य देव देवाताहरुको मूर्तिहरू छन्।

यस मन्दिर परिसरमा शिव मन्दिर, शिवलिंगहरु, गणेश मन्दिर आदी रहेका छन्। यस मन्दिरका पुजारीका अनुसार गोरखाको प्रख्यात मनकामना मन्दिरको प्रतिस्वरूपमा यहाँ पनि यो मनकामना मन्दिरको स्थापना गरिएको बताउनु भयो। यस मन्दिरमा हिन्दुहरूको विभिन्न पर्वहरूमा भक्तजनहरूको भिड लाग्ने गर्दछ। साथै विजय दशमीमा यस मन्दिरमा भक्तजनहरूको अत्यधिक भिड हुने गर्दछ ।