• १५ वैशाख २०८१, शनिबार

वैधनाथ मन्दिर

blog

तस्बिरः राजेश ढुंगाना

कन्चनपुर, माघ २७ गते । कन्चनपुर जिल्लाको बेतकोट नगरपालिका वडा नं. ४ को बैतडामा अवस्थित वैधनाथ मन्दिर यो क्षेत्रमा चर्चित छ । यो मन्दिर त्यस क्षेत्रको प्रख्यात घटालबाबाको मन्दिर नजिक छ। हरियालीको माँझमा रहेको यो मन्दिरको गर्भगृहमा वैधनाथको मूर्ति लगायत अन्य विभिन्न देव देवताका मूर्तिहरु छन्। 

मन्दिर परिसरमा अन्य विभिन्न साना मठ मन्दिर रहेका छन्। स्थानीयवासीका अनुसार नेपालीको विभिन्न चाडपर्वमा यस मन्दिरमा स्थानीय भक्तजनको भीड लाग्ने गर्दछ।