• १८ वैशाख २०८१, मङ्गलबार

कंकालिनी मन्दिर

blog

सप्तरी जिल्लाको कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहमा अवस्थित कंकालिनी भगवतीको मन्दिर। तस्बिर: राजेश ढुङ्गाना

सप्तरी, चैत्र १७ गते । सप्तरी जिल्लाको कंकालिनी नगरपालिका वडा नम्बर १ भारदह मा अवस्थित प्रख्यात कंकालिनी भगवतीको मन्दिर। यो मन्दिर काठमाडौँदेखि ३२२ किमी दूरी पूर्वमा रहेको छ। पूर्व पश्चिम राजमार्गको कोशी पश्चिमी तटबन्धसँगै स्थापित रहेको छ।

कंकालिनी दर्शन पुस्तकमा उल्लेख भए बमोजिम भारदहको वैरवा गाउँका चर्चित महात्मा उदयानन्द प्रसाद अर्याललाई सपनामा भारदह नजिकको ठुलो पिपलको वृक्षको तल भगवती एवं विभिन्न देव देवताको प्रतिमा रहेको छ। त्यसलाई निकालेर स्थापित गर्नु भनेपछि पीडित उदयानन्दले गाउँमा बैठक गराई स्वप्नमा देखेको कुरा गाउँलेहरूलाई वृत्तान्त सुनाएपछि गाउँलेहरू सबै मिलेर उक्त पिपलको वृक्ष मुनी उत्खनन् गर्दा भगवती लगायत विभिन्न देव देवताको प्रतिमा फेला परेको उल्लेख गरिएको छ। जुन क्रमशः काल भैरव र बटुक भैरव, कंकालिनी भगवती एवं दक्षिणकाली, श्री विष्णु, श्री गणेश, महादेव आदीका मूर्ति रहेका थिए।

मन्दिरमा प्रायः दैनिक जसो भक्तजनको भीड लाग्ने गर्दछ। विशेषगरी विजयादशमीमा भगवतीको दर्शन एवं बलिदिन हजारौँको सङ्ख्यामा भक्तजनको भीड लाग्ने गर्दछ। निकै नै फराकिलो क्षेत्रफलको मध्य भागमा निकै नै आकर्षक कंकालिनीको मन्दिर रहेको छ भने मन्दिर परिसरमा अन्य विभिन्न देव देवताको मन्दिर समेत रहेका छन्।

यस मन्दिरको स्थापना कर्नाटकिबंशिय राजा शुक्रदेव शाखडा आइपुगेको बेला नै शांखडा र कंकालिनीको मूर्ति एकै पटक स्थापना गरिएको कुरा दुवै मूर्तिको एकरूपता भएबाट अनुमान गरिएको छ। यसको स्थापना १७६० भन्दा पहिले भएको मानिएको छ।