• २४ चैत २०८२, मङ्गलबार

ट्होटे पर्वमा आज फेदीखोलामा स्थानीय बिदा

blog

अर्जुन काफ्ले 
स्याङ्जा, चैत २४ गते ।
फेदीखोला गाउँपालिकाले तमु (गुरुङ) समुदायको प्रमुख सांस्कृतिक पर्व ट्होटेको अवसरमा स्थानीय बिदा दिएको छ ।

पालिकाले मङ्गलबार गाउँपालिकाअन्तर्गतका सबै कार्यालय तथा विद्यालयहरूमा बिदा दिएको हो ।

तमु (गुरुङ) समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ट्होटे पर्वको अवसरमा उक्त निर्णय गरिएको गाउँपालिकाको अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमु समुदाय सहित सबै नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेको छ ।

गाउँपालिका अध्यक्ष  सुवेदीले यस पर्वले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।