• १५ वैशाख २०८१, शनिबार

हाम्रो सम्पदा

हेटौडाको चुरियामाई मन्दिर (फोटो फिचर)

blog

हेटौडा, चैत १० गते । मकवानपुरको हेटौडा उपमहानगरपालिका हेटौडा बजारदेखि करिब १३ किमी दक्षिण तर्फ अर्थात् वीरगन्ज जाने पूर्वपश्चिम राजमार्गको बायाँ तर्फ चुरे पहाडको फेदीमा यो प्रख्यात चुरियामाईको मन्दिर अवस्थित रहेको छ। यो मन्दिर चुरे पहाडमा भएकोले  यस देवीलाई चुरेमाई अर्थात् चुरियामाई भन्ने गरिएको छ। 

पहिला यो देवीको मूर्ति चुरे पर्वतको टुप्पोमा रहेको थियो। चन्द्रशमशेरको पालामा चुरे पर्वतको टुप्पोबाट भक्तजनहरूलाई पूजा अर्चना गर्न सुविधा होस भनेर  हालको फेदीमा ल्याई स्थापना गरिएको थियो।

यी देवीलाई विशेष गरी यातायात व्यवसायीहरूले अत्यधिक मान्ने गरेको मन्दिरका पुजारी राजु नगरकोटी बताउनु हुन्छ। उहाँका अनुसार यस मन्दिरमा हिन्दुहरूको विभिन्न पर्व लगायत दैनिक जसो भक्तजनहरूको भिड रहने गर्दछ। विजया दशमीमा यस मन्दिरमा अत्यधिक बलि दिइने र भक्तजनहरूको पनि अत्यधिक भिड लाग्ने गर्दछ। 

मन्दिरको गर्भमा निकै नै आकर्षक र कलात्मक शैलीको कालो प्रस्तरको चुरियामाईको मूर्ति रहेको छ भने मन्दिर परिसरमा अन्य विभिन्न देव देवताहरूको मूर्तिले सजिएको छ। यस देवीको मन्दिरमा पूर्वपश्चिम राजमार्गबाट सिडीको माध्यमबाट करिब १० मिनेट हिँडेर पुग्न सकिन्छ। प्राकृतिक सम्पदाले भरिपूर्ण यस मन्दिरको स्थल निकै नै मनोरम समेत रहेको छ।


हेटौडाको चुरियामाई मन्दिर (फोटो फिचर) हेटौडाको चुरियामाई मन्दिर (फोटो फिचर) हेटौडाको चुरियामाई मन्दिर (फोटो फिचर) हेटौडाको चुरियामाई मन्दिर (फोटो फिचर)