काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नं १ दहचौकमा अवस्थित काजी कालु पाण्डेको समाधिस्थल र शालिक हेर्न जानेहरूको संख्या बढ्दो छ । कालु पाण्डे एक महान गोरखाली क्षत्रीय भारदार हुन् । कालु पाण्डेलाई गोरखाली जनताले प्रथम पटक मुख्यमन्त्री चयन गरेका थिए । पाण्डेको जन्म वि सं १७७० मा भएको थियो । पाण्डेले लमजुङको सन्धिमा कुशलतापूर्वक कार्य गरेका र विसं १८०१ को नुवाकोट युद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले स्वयं पृथ्वीनारायण शाहले पनि ‘अब उप्रान्त कालु पाण्डेको सल्लाहबिना कुनै पनि काम गर्ने छैन’ भनेका थिए । पृथ्वीनारायण शाहको यो बोलीले अनुमान गर्न सकिन्छ कि कालु पाण्डे गोरखाको तत्कालीन सैनिक, प्रशासनिक र कूटनीतिकको क्षेत्रमा निकै नै अब्बल थिए ।
काठमाडौँ जिल्लाको हनुमान ढोका दरबार स्क्वाएर नजिक रहेको मरु टोलमा अवस्थित भगवती देवीको मन्दिर । यसलाई दशभुजायुक्त देवीको मन्दिर पनि भनिन्छ ।
काठमाडौँको मरु टोलको प्रख्यात अशोक विनायक वा गणेश मन्दिरभन्दा केही अगाडि बायाँतर्फ अर्थात नवनिर्मित काष्ठमण्डप नजिक रहेको छ ।
चितवन जिल्लाको ज्योतिनगर वडा नं २६ अर्थात यसलाई दिव्यनगर पनि भनिन्छ। यही स्थलमा रहेको छ प्राचीन कालिका देवीको मन्दिर। भनिन्छ, पौराणिककालमा पाण्डवहरुले यहाँ मन्दिर बनाउन लगाएका थिए। यस स्थलमा ४ वटा माटोको ढिस्का अर्थात स्तुपा जस्तो थियो।
रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नम्बर ९ मा रहेको प्रख्यात पाकरीको बोट । यस बोटलाई पाकड वा फलक्षा पनि भनिन्छ । यसको वैज्ञानिक नाम फिकस बेन्जामिना हो । निकै नै सुन्दर र आकर्षक यो पाकरीको बोटलाई बुद्धकालीन बोट पनि मानिएको छ । किनभने यही रुखको मुनि बसेर गौतमबुद्धले तपस्या समेत गरेको भन्ने जनविश्वास रहेको छ ।
यो कन्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं ३ को तिलकपुरमा अवस्थित विष्णु मन्दिर वा साकेत धाम हो । यस साकेत धाममा पाण्डवकालीन विष्णु भगवानको प्राचीन मूर्ति रहेको छ ।
सुदूरपश्चिम नेपालको कैलाली जिल्ला गोदावरी नगरपालिका ४ गोदावरी अर्थात कैलाली जिल्लाको अत्तरियाबाट डडेलधुरा, बैतडी जाने राजमार्गको करिब ८ किमीको दूरीमा सडकको बायाँतर्फ यो अग्लो र निकै नै आकर्षक हनुमानको मूर्ति रहेको छ। ५१ फिट अग्लो यो हनुमानको मूर्तिलाई नेपालको सबैभन्दा अग्लो हनुमानको मूर्ति मानिएको छ।
ललितपुरको गोदावरी नगरपालिका–१ को ढुङ्गेधारा साँघुमा १०८ धारा मुक्तिनाथ धाम रहेको छ । यो मन्दिर काठमाडौँको रत्नपार्कदेखि १४ किलोमिटर र गोदावरी नगरपालिकाको थैवबाट दुई किलोमिटरको दूरीमा रहेको छ । यस स्थललाई पौराणिक ढुङ्गासाँघु भनिन्छ । जहाँ अहिले धमिरे खोला बगेको छ । यसको पौराणिक नाम गोमती खोला हो । यही खोलामा ढुङ्गाको साँघु रहेको थियो । उक्त साँघु जीर्ण भएपछि सानो पक्कीपुल बनाइएको छ
कैलाली जिल्लाको चिसापानी कर्णाली नदीमा निर्माण गरिएको केबुल स्टेड पुल निकै आकर्षक र चर्चित पनि छ ।
प्राचीन कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारदेखि उत्तर पूर्व करिब ८ कि मि को दूरीमा रहेको छ–प्राचीन निग्लिहवा अर्थात शोभावती नगर । जहाँ कनकमुनी बुध्दको जन्म भएको थियो ।
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारको प्रमुख स्थलमा अवस्थित प्रख्यात तौलेश्वर नाथ अर्थात ताम्रेश्वर महादेवको मन्दिर। यस मन्दिरलाई तौलेश्वर बाबाको मन्दिर पनि भनिने गरिन्छ। यो मन्दिरको यस जिल्लाकै प्राचिन मन्दिर हो।
ललितपुर जिल्लाको पाटनमा अवस्थित बगलामुखी मन्दिरबाट हिँडेर आधा घण्टामा शिखबहील टोल अर्थात् शंखमुल जाने बाटो, यम्पी महाविहारबाट करिब ५ मिनेटमा हिँडेर पुगिन्छ मन्दिरमा । नेपालकै अचम्मको गणेश मन्दिर । यस गणेशलाई सेंठु गणेश भन्ने गरिएको छ।