• ५ वैशाख २०८१, बुधबार

हाम्रा सम्पदा

नेपालको सबैभन्दा अग्लो हनुमान मूर्ति

blog

गोदावरी, (कैलाली), साउन २८ गते । सुदूरपश्चिम नेपालको कैलाली जिल्ला गोदावरी नगरपालिका -४ गोदावरी अर्थात कैलाली जिल्लाको अत्तरियाबाट डडेलधुरा, बैतडी जाने राजमार्गको करिब ८ किमीको दूरीमा सडकको बायाँतर्फ यो अग्लो र निकै नै आकर्षक  हनुमानको मूर्ति रहेको छ । ५१ फिट अग्लो यो हनुमानको मूर्तिलाई नेपालको सबैभन्दा अग्लो हनुमानको मूर्ति मानिएको छ ।


यस हनुमान मन्दिरको परिसरमा पार्कलगायत सुन्दर बगैंचासमेत छन् । अग्लो हनुमानको मन्दिर नजिक अन्य विभिन्न देव, देवताहरुका मूर्तिसमेत छन् । २०६८ सालमा पीठाधीश श्री श्री १०८ सचिदानन्द पुरी योगी महाराजले यस मूर्तिको अनावरण गर्नुभएको थियो।

गोदवारी क्षेत्रलाई धार्मिक एवं पर्यटकीय क्षेत्र मानिएको छ । यहाँ विभिन्न प्राचीनलगायत अन्य विभिन्न मठ, मन्दिरहरु छन् । यो स्थान काठमाडौंबाट ६७१.४ किमीमा रहेको छ ।