• ३० वैशाख २०८१, आइतबार

धन्वन्तरि मन्दिर र आयुर्वेद दिवस आज

blog

काठमाडौँ, कात्तिक ६ गते । काठमाडौँस्थित पशुपतिनाथ मन्दिरको पश्चिमपट्टि अर्थात् गौशालाबाट चाबहिलतिर  जाँदा सडकको बायाँतर्फ जय बागेश्वरीको प्रसिद्ध मन्दिर छ। त्यही मन्दिरको उत्तरतर्फ रहेको लुँहिटी नामको ढुङ्गेधाराको दायाँपट्टि सडकको किनारैमा प्रस्तर निर्मित लघु आकारको शिखर शैलीको धन्वन्तरिको मन्दिर छ।

यो पनि पढ्नुहोस

मत माग्न खेतमै उम्मेदवार

तीन वर्षमा पनि बनेन झोलुङ्गे पुल

शिखर शैलीको यो मन्दिर सानो आकारको भए पनि  कलात्मक भएकोले आकर्षक छ। मन्दिरको मूल गर्भगृहमा कालो रङ्गको प्रस्तरले बनेको २२.४ इन्च अग्लो  धन्वन्तरिको मूर्तिले सुहाएको छ। धन्वन्तरिलाई भगवान् विष्णुको अवतारको रूपमा समेत लिने गरिएको पाइन्छ।

यो पनि पढ्नुहोस

जसले घर बनाइदिन्छ उसैलाई मत

पुरानो हाटबजार अतिक्रमणको चपेटामा


यो पनि पढ्नुहोस

पाला बनाउन भ्याइनभ्याइ

सहकारीका पाठ्यक्रम प्रमाणीकरण अनिवार्य

यो पनि पढ्नुहोस

मतदाताले अपनाउनुपर्ने सजगता

ठेक्का तोड्न सकिने चेतावनी

पद्मासन मुद्रामा रहेको धन्वन्तरिलाई मूर्तिको चार हातमध्ये दुई हातले अमृत कलश समातेको देखिन्छ भने अन्य दुई हातले शङ्ख र चक्र आयुध लिएको देखिन्छ। धन्वन्तरि मन्दिरको चारै तिर विभिन्न देव देवताहरूका मूर्तिहरू समेत कुँदिएको छ। यस मन्दिरको बायाँतर्फ लक्ष्मी नारायणको मन्दिर, पछाडि राधाकृष्ण मन्दिर र बिचमा निकै नै कलात्मक शैलीको  लुंहिटी ढुंगेधारा समेत  छ।

संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार मल्लकालीन यो मन्दिरको स्थापना ने.सं. ७२४ (वि.सं. १६६०) कार्तिकमा भएको हो। उहाँको अनुसार देव पाटनमा आयुर्वेद पद्धतिले उपचार गर्ने वैद्यहरू उहिले निकै थिए । उनीहरू आफूलाई “रावणको उपचार गर्ने वैद्य” को रूपमा परिचय दिने गर्छन् । उनीहरू “बेसार” रावणबाट उपहारमा पाएको बताउँछन्।

धन्वन्तरिलाई आयुर्वेदको प्रवर्तक एवं उन्नायक मानिन्छ। देव र दानवको बिच घमासानको युद्ध हुँदा सहमतिस्वरूप समुन्द्र मन्थन गर्दा विभिन्न रोग निवारणका औषधिहरू यही कात्तिककृष्ण त्रयोदशीकै दिन अमृत कलश लिएर धन्वन्तरिको उत्पत्ति भएको पुराणहरूमा उल्लेख पाइन्छ।

देव पाटनमा वैद्यहरूको बस्तीको बिचमा त्यहाँ यो मूर्तिको स्थापना भएको हो। वैद्य पेसामा लाग्नेहरू धन्वन्तरिलाई आफ्नो इष्टदेव मानेर पूजाआजा गर्छन्।आजकाल धन्वन्तरि जयन्तीलाई आरोग्य दिवसको रूपमा मान्ने प्रचलन छ।यहाँको धन्वन्तरिको मूर्तिको पूजा गर्दा देव पाटनका वैद्यहरू धूप, दीप, अक्षताको साथै “बेसार” पनि चढाउँछन्।


वि.सं. १९८५ मा काठमाडौँको नरदेवीमा नेपाल राजकीय आयुर्वेद विद्यालयको स्थापनापछि विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो । आयुर्वेद क्षेत्रका समर्पित व्यक्तिहरूको पहलमा वि.सं. २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई “आरोग्य दिवस” को रूपमा पनि मनाउन थालिएको हो। आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति मानिन्छ।

धन्वन्तरि जयन्तीको दिनलाई धनतेरस पनि भनिन्छ। यस दिन आवश्यक पर्ने भाँडाकुँडा आदी खरिद गरेर राख्यो भने शुभ लाभ प्राप्ति हुन्छ भन्ने मान्यता एवं  जनविश्वास पनि रहेको छ। धन्वन्तरि जयन्ती या आरोग्य दिवस हरेक वर्ष कार्तिक शुक्ल त्रयोदशीको दिन पर्दछ। आयुर्वेदसँग सम्बन्धित कलेज, सङ्घसंस्थाहरूले धन्वन्तरि जयन्तीलाई धूमधामसँग मनाउँछन्।