• २८ वैशाख २०८१, शुक्रबार

हराउँदै रोटे पिङ (फोटो फिचर)

blog

काठमाडौं, असोज १८ गते। दशैं भन्ने बित्तिकै बाल्यकालमा दही चिउरा खाएको, पिङ खेलेको र सेतो कमेरे माटो र रातो माटोले घर लिपपोत गरेको सम्झना आइहाल्छ। 

पिङमा पनि लिङ्गे र रोटे पिङको याद बढी नै हुन्छ। जतिबेला दशैंबाहेक अन्य समय कतै पनि पिङ देखिँदैन थिए। आज व्यावसायिक रूपमा विभिन्न ठाउँमा सधैभर पैसा तिरेर पिङ खेल्न पाइन्छ। तर, ती पिङमा दशैंसँगको कुनै साइनो छैन। 

पछिल्लो समय रोटे पिङको चलन हराउँदै गएको छ। बालबच्चालाई विद्यालय विद्यालयमा खेलाइने फलामबाट बनेका पिङ होइन काठै काठले बनेका रोटे पिङको रौनकता अर्कै हुन्थ्यो। गोरखापत्र अनलाइनका लागि पत्रकार राजेश ढुंगानाले तनहुँ पुगेर केही वर्षअघि कैद गरेका रोटे पिङका तस्बिर :