• २९ वैशाख २०८१, शनिबार

हाम्रा सम्पदा

कसैले दर्शन गर्न नपाउने विमलेश्वर शिव मन्दिर

blog

काठमाडौं, भदौ २५ गते । काठमाडौँको मरु टोलको प्रख्यात अशोक विनायक वा गणेश मन्दिरभन्दा केही अगाडि बायाँतर्फ अर्थात् नवनिर्मित काष्ठमण्डप नजिक  छ ।

प्यागोडा शैलीको यो दुईतले मन्दिर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भयो । स्थानीयवासीका अनुसार त्यतिबेला यस मन्दिरभित्र कोही पनि गएर पूजा, अर्चना गर्न पाउँदैनथे । मन्दिरको प्वालबाट यही शिवलिङ्गको दर्शन गर्दथे भक्तजनहरू । वर्षको एक पटक मन्दिर खोलिए पनि भित्र कसैलाई पनि पस्न मनाही थियो ।


प्राचीन यस शिवको मन्दिर १६९३ मा निर्माण गरिएको थियो । यहाँ रहेको शिवलिङ्ग अन्य शिवलिङ्गभन्दा निकै नै फरक किसिमको छ । शिवलिङ्गको चारैतिर विभिन्न भगवानका मूर्तिहरू कुँदिएका छन् ।

स्थानीयवासीका अनुसार नै यस मन्दिरमा शिलालेखसमेत थियो, तर उक्त शिलालेख अहिले छैन । त्यतिबेला यस तीन स्टेपमाथि रहेको यो शिवलिङ्गको मन्दिर निकै नै उत्कृष्ट कलात्मकका साथै आकर्षक पनि थियो । हाल शिवलिङ्गलाई चारैतिरबाट घेरेर राखिएको छ ।