• १४ वैशाख २०८१, शुक्रबार

सम्पदा

कलात्मक शैलीको महालक्ष्मीस्थान मन्दिर

blog

ललितपुर, कात्तिक ५ गते । ललितपुरको थसिखेल– ५ मा अवस्थित महालक्ष्मीस्थान मन्दिर प्यागोडा र कलात्मक शैलीले निर्माण भएको छ । भक्तजनहरूको भीड लाग्ने यो मन्दिर जानको लागि पाटन अस्पताल नजिककै एउटै बाटो दाहिनेतर्फ गएको छ । 


यो पनि पढ्नुहोस

चाडपर्वको समयमा महँगियो तरकारी

नेपाली परिकार विश्वभर पु-याउन सकिने

सोही बाटोबाट जाँदा पुगिने यो मन्दिर सैनिक ब्यारेकको ठिक अगाडि छ। यो मन्दिर निकै नै सुन्दर देखिन्छ। राजा सिध्दिनरसिंह मल्लको समयमा ने.स. ७५० मा यस मन्दिरको निर्माण गरिएको हो। शास्त्रीय दृष्टिकोणले लक्ष्मीको भन्दा अलि विशाल र महत्त्वपूर्ण मानिएको छ। 


पुराण अनुसार यिनका हजार हात हुन्छन् भनिएको छ। यस महालक्ष्मीको व्रत बस्ने शैली भने भिन्नै छ। यस मन्दिरको नित्य पूजा गर्दा ढोका बन्द गरी गुभाजुद्वारा गरिन्छ। यस देवीलाई तान्त्रिक देवी पनि मानिएकोले यसको नित्य पूजा तान्त्रिक विधिअनुसार गर्ने परम्परा छ। 

यो पनि पढ्नुहोस

गुल्मीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

साढे दुई अर्बको भाइमसला आयात


यस मन्दिरमा १२ वर्षमा एक पटक गोरखा मनकामना मन्दिरदेखि पूजा ल्याइ पूजा गर्ने चलन भने राम शाहको पालादेखि नै चल्दै आएको पाइन्छ। मन्दिरभित्र महालक्ष्मीको मूर्तिलगायत विभिन्न साना साना अन्य देवीहरूको मूर्ति पनि  छ भने मन्दिर बाहिर पनि धेरै साना मन्दिर छन् । निकै नै फराकिलो र हरियालीको माझमा महालक्ष्मीस्थान मन्दिर  छ ।

यो पनि पढ्नुहोस

गुल्मीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

गुरुङको उम्मेदवारी कायम भएन