• २३ वैशाख २०८१, आइतबार

गुल्मीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

blog

तम्घास, कात्तिक ५ गते । गुल्मीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ  । 

जिल्लाको मुसिकोट नगरपालिका– ७ की ४० वर्षीया तालकुमारी कुमाललाई ४२ वर्षीय सूर्यबहादुर कुमालले कुटपिट गरी घाइते बनाएको र उपचारको क्रममा  वामी अस्पतालमा बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आरोपी श्रीमानलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । 

Author

तिलाचन पाण्डे