• २३ वैशाख २०८१, आइतबार

नेपाली परिकार विश्वभर पु-याउन सकिने

blog

काठमाडौँ, कात्तिक ५ गते । ‘बीबीसी मास्टर सेफ दी प्रोफेसनल्स’का विजेता सन्तोष साहले नेपाली परिकारलाई विश्वभर चिनाउन सम्भव रहेको बताउनुभएको छ । 

साहले भन्नुभयो, “नेपाली खानाको ब्रान्डिङ गर्न सक्ने सम्भावना धेरै ठूलो छ । खाडी देशदेखि बेलायत, अस्ट्रेलिया र अमेरिकासम्म नै नेपाली खाना पु¥याउन सकिन्छ । यस विषयमा म अध्ययन र सम्भावनाको खोजीमा लागेको छु ।” मास्टर सेफ साह विश्वभरिका खानाका पारखीमाझ परिचित हुनुहुन्छ । आफूले स्थापित गरेको पहिचान सदुपयोग गर्दै नेपाली मौलिक खानाको प्रवद्र्धनमा जुट्ने उहाँले बताउनुभयो । 

सेफ साहले बेलायतमा पाँच प्रकारका नेपाली खानाको बिक्री सुरु गरिएको बताउँदै अन्य क्षेत्रमा पनि यसलाई विस्तार गर्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली चिया पनि भारतीय ब्रान्डमा बेलायत जान्छ । अरू धेरै नेपाली उत्पादन विश्व बजारमा हाम्रो हो भनेर परिचित गराउन सकिएको छैन । त्यसैले मैले नवीनतम प्रयास थालनी गरेको हुँ ।”

सेफ साहले राज्यबाट सहयोग भएमा नेपाली खानालाई विश्व बजारमा प्रवद्र्धन गर्न अझै सहज हुने बताउनुभयो । 

विश्व चर्चित सेफ साह खानासम्बन्धी टेलिभिजन रियालिटी सो ‘सेफ नेपाल’मा प्रमुख निर्णायक (मास्टर जज)को जिम्मेवारीमा देखिनु हुने भएको छ । सेफ गणेशबहादुर ढकाल र लक्ष्मणप्रसाद भण्डारी निर्णायकका रूपमा रहनु हुनेछ । कात्तिक तेस्रो सातादेखि छायाङ्कन आरम्भ हुने कार्यक्रम १८ शृङ्खलामा निर्माण हुनेछ ।