• २३ वैशाख २०८१, आइतबार

साढे दुई अर्बको भाइमसला आयात

blog

काठमाडौँ, कात्तिक ५ गते  । तिहारमा आवश्यक पर्ने भाइमसलाको आयात साढे दुई अर्ब रुपियाँको हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७८/८९ मा दुई अर्ब  ५५ करोड ८३ लाख ३९ हजार रुपियाँको तिहारलाई लक्षित सामान आयात भएको हो । तिहारमा बढी खपत हुने नरिवल, काजु, सुकमेल, ल्वाङ, छोकडा, पेस्ता, किसमिस, बदाम, ओखर, मिस्रीलगायतका अन्य सामान आयात हुने गरेको छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा ९६ करोड ४४ लाख पाँच हजार रुपियाँको मसला आयात भएको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा भाइमसला दिने हुँदा बजारमा यसको खपत धेरै हुने गर्छ । 

स्थानीय उत्पादनले बजार माग धान्न नसक्ने र बजारमा खपत धेरै हुने हुँदा भारत, चीन, भियतनाम, अमेरिका, मलेसिया, इन्डोनेसिया, थाइल्यान्डलगायतका मुलुकबाट तिहारलाई आवश्यक पर्ने सामान आयात हुने गर्छ ।