• २९ वैशाख २०८१, शनिबार

हाम्रा सम्पदा

दशभुजायुक्त भगवती देवीको मन्दिर

blog

काठमाडौँ, असोज १ गते । काठमाडौँ जिल्लाको हनुमान ढोका दरबार स्क्वाएर नजिक रहेको मरु टोलमा अवस्थित भगवती देवीको मन्दिर । यसलाई दशभुजायुक्त देवीको  मन्दिर पनि भनिन्छ ।

प्रख्यात अशोक विनायक मन्दिरदेखि पश्चिमतर्फको सत्तलको भित्तामा यो निकै नै कलात्मक शैली र आकर्षक भगवतीको मूर्ति रहेको छ । यस दशभुजायुक्त देवीको मूर्तिको वरिपरि विभिन्न देव देवताका मूर्तिहरू पनि रहेका छन् जसले गर्दा यो भित्ता निकै नै आकर्षक देखिएको छ । मूर्तिको अगाडि सत्तल रहेको छ ।