• २२ कात्तिक २०८२, शनिबार

बोबाङमा जिप दुर्घटना, एक जनाको मृत्यु

blog

ढोरपाटन नगरपालिका ९ चौबिरमा दुर्घटना भएको पिकअप जिप । तस्बिरः स्थानीय बीरबहादुर विश्वकर्मा ।

नवराज नेपाली 

बागलुङ (गलकोट), कात्तिक २१ गते । बागलुङको बोबाङबाट ढोरपाटन जाँदैगरेको पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति १० बजे ढोरपाटन नगरपालिका ९ चौबिरमा पिकअप जिप दुर्घटना हुँदा स्थानीय राजिन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख कल्याण कायतले बताउनुभयो ।

उहाँका  अनुसार जिप दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेहरुलाई उपचारका लागि बुर्तिबाङ अस्पतालमा ल्याउँदै गरिएको छ । बोबाङबाट ढोरपाटन जाँदै गरेको  पिकअप जिपमा ५ जना  चढेका  थिए भने उकालोमा ब्रेकफेल हुँदा  उक्त जिप दुर्घटना भएको जनाइएको छ ।