• १५ वैशाख २०८१, शनिबार

हाम्रो सम्पदा

नेपालको ताज महल रानी महल (फोटो फिचर)

blog

पाल्पा, चैत ३ गते । पाल्पाको प्रख्यात ऐतिहासिक रानी महल अर्थात् यसलाई नेपालको ताज महल भनेर पनि चिनिने गरिएको छ। पाल्पा तानसेन बजारदेखि उत्तर काली गण्डकी नदीको तिर अर्थात् भिरालो खोचमा चट्टान माथि करिब ५-१५-०-२ रोपनी क्षेत्रफलमा फैलिएको छ। 

पाल्पा–गौडामा खड्ग शमशेर कि कान्छी पत्नी तेजकुमारी देवीको सन् १८९२ मा मृत्यु भयो। यिनको शोक र तीर्थस्थल निर्माण गर्ने रानीको अन्तिम इच्छाको सम्झनामा खड्ग शमशेरले दरबार निर्माण गर्ने निर्णय गरे। रानी महल नामको शाब्दिक अर्थात् रानीको महललाई जनाउँछ। हाल यसलाई नेपालको ताज महल पनि भनिन्छ।

निकै कलात्मक शैलीको यो रानी महल त्यति बेला ब्रिटिस वास्तुकारद्वारा डिजाइन गरिएको थियो। निर्माण र निर्माणकर्ताहरू छिमेकी राष्ट्र भारतबाट झिकाइएको थियो। उनको नेतृत्वमा विशेष जातीका समुदाय, दरबार जाने बाटो र दरबार भवनको जगको चट्टान फोड्नको लागि कार्यरत थिए। यो निर्माण गर्न करिब ५ वर्ष लागेको थियो। उनले नजिकैको जङ्गललाई रानी वन  अर्थात् रानीको जङ्गल र घाटहरूलाई रानी घाट नामकरण गरियो। तत्पश्चात् सन् १९०२ मा खड्ग शमशेर राणा परिवार सहित रानी महल छोडेर भारत गए।

यस कलात्मक शैलीको रानी महल चढेर माथि जाँदा दाहिने तर्फ शिव मन्दिरका ३ वटा बुर्जा रहेका छन् भने बायाँतर्फ साना मन्दिर समेत रहेको छ। दरबारको अगाडी २ वटा सानो पानीको झरना पोखरी रहेको छ। दाहिनेतर्फ पहरेदार कक्ष पनि छ।

महलको भित्र कोठामा प्रवेश गरेपछि दाहिने तर्फ खड्ग शमशेर र तेजकुमारी को ठुलो तस्बिर रहेको छ। एक तल्ला माथि दाहिने तर्फमा सङ्ग्रहालयमा आकर्षक विभिन्न भगवानका मूर्ति रहेका छन् भने पुराना भाँडा कुँडा रहेको छ। यस दरबारबाट शालिग्राम पाउने काली गण्डकीका साथै प्राकृतिक सौन्दर्यता अत्यन्तै रमणीय देखिन्छ। हाल यो स्थल ऐतिहासिकको साथै पर्यटकीय स्थल बन्न पुगेको छ। यस महललाई अझै व्यवस्थित र आकर्षक गर्न सक्यो भने यसको महत्त्व अत्यन्तै रहने स्थानीय व्यवसायी दिलबहादुर राना बताउनुहुन्छ।



नेपालको ताज महल रानी महल (फोटो फिचर) नेपालको ताज महल रानी महल (फोटो फिचर) नेपालको ताज महल रानी महल (फोटो फिचर) नेपालको ताज महल रानी महल (फोटो फिचर) नेपालको ताज महल रानी महल (फोटो फिचर)