• १९ वैशाख २०८१, बुधबार

हाम्रो सम्पदा

राजविराजको राजदेवी मन्दिर (फोटो फिचर)

blog

सप्तरी, चैत २४ गते । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ मा अवस्थित मुख्य बजारको पूर्व तर्फ रहेको प्रख्यात राजदेवीको मन्दिर। यस मन्दिरको गर्भ गृहमा निकै नै कलात्मक शैलीका ४ वटा कालो प्रस्तरको शिला रहेको छ त्यही शिलालाई राजदेवी भनेर भक्तजनहरूले पुज्ने गर्दछन्।

मन्दिर भित्र रहेको शिलाको मूर्ति एवं कलालाई हेर्दा सेन वंशीय राजाको पालामा नै स्थापना भएको  अनुमान गरिएको छ। यी देवीलाई सेन वंशीय राजाहरूको इष्टदेवता मानिन्छ। त्यहाँको एक टुक्रा शिलामा नारीको मूर्ति कुँदिएको छ।

यस मन्दिरका पुजारीका अनुसार भक्तजनहरूको सदैव भिड हुने गर्दछ भने यहाँ नित्य पूजा एवं पर्व पूजा गर्ने प्रचलन समेत रहेको छ। दशैँमा  ठुलो  भिड लाग्ने गर्दछ। साथै प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिका दिन ठुलो मेला समेत लाग्ने गर्दछ। मूर्तिको उत्पत्तिको सन्दर्भमा यो छ कि हाल मन्दिर रहेको स्थानमा बुटाई चौधरी नामक  त्यत्तिले आफ्नो घर बनाउन जग खन्दा यी शिलाहरू पाइएकोले यहाँ घर नबनाई मन्दिर बनाएका हुन भनिन्छ।

मन्दिर परिसरमा अन्य विभिन्न देव देवताका मन्दिर रहेको छन् भने मन्दिरको चारे तिर शिला समेत रहेको छ।