• १५ वैशाख २०८१, शनिबार

कन्चनपुरको बैतडामा अवस्थित वैद्यनाथ मन्दिर

blog

कन्चनपुर जिल्लाको बेतकोट नगरपालिका वडा नं. ४ को बैतडामा अवस्थित वैद्यनाथ मन्दिर । तस्बिर : राजेश ढुंगाना

कन्चनपुर, माघ २७ गते । कन्चनपुर जिल्लाको बेतकोट नगरपालिका वडा नं. ४ को बैतडामा अवस्थित छ, बैधनाथ मन्दिर । यो मन्दिर त्यस क्षेत्रको प्रख्यात घटालबाबाको मन्दिर नजिक रहेको छ ।

हरियालीको माँझमा रहेको यस मन्दिरको गर्भगृहमा वैद्यनाथको मूर्ति लगायत अन्य विभिन्न देवी देवताको मूर्तिहरू रहेको छ । मन्दिर परिसरमा अन्य विभिन्न साना मठ मन्दिर समेत रहेका छन् ।

स्थानीयवासीका अनुसार नेपालीहरूको विभिन्न चाडपर्वमा यस मन्दिरमा स्थानीय भक्तजनको निकै भीड लाग्ने गर्दछ ।