• १२ साउन २०८१, शनिबार

हाम्रो सम्पदा

गुलरियाको दुर्गादेवी मन्दिर (फोटो फिचर)

blog

काठमाडौँ, मङ्सिर १६ गते । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ मा अवस्थित प्रख्यात मातङ्गी दुर्गा देवीको मन्दिर । यही मन्दिरको नामबाट यस टोलको नाम मातड. गी टोल रहन गएको हो । यो देवीको मन्दिर गुलरिया बजारको प्रमुख सडक किनार अर्थात् प्रमुख सडकको बायाँतर्फ रहेको छ ।

मन्दिरको गर्भ गृहमा मातङ्गी दुर्गा देवीको निकै नै आकर्षक मूर्ति रहेको छ। उक्त देवीको मूर्तिको दायाँ र बायाँ गणेश भगवान्, शिव भगवान्, हनुमान जी, पार्वती लगायत अन्य विभिन्न देवदेवताहरुको मूर्ति समेत रहेका छन्। मूर्तिको माथि अर्थात् दायाँ र बायाँ कृष्ण भगवान् र विष्णु भगवानको तस्बिर समेत झुन्डाइएको छ।

यस मन्दिर परिसरमा अन्य विभिन्न देव देवताहरूको साना मन्दिरहरू रहेका छन्। साथै मन्दिरको प्रमुखव्दारको अगाडी इनार समेत रहेको छ। मन्दिरका पुजारीका अनुसार हिन्दुहरूको विभिन्न पर्वमा यस मन्दिरमा भक्तजनहरूको भिड लाग्ने गर्दछ, नेपालीहरूको महान् पर्व विजया दशमीका दिन भक्तजनहरूको अत्यधिक भिड लाग्नुको साथै अन्य दिन पनि भक्तजनहरू पूजा अर्चनाको लागि आउने गर्दछन् ।