शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङ, पुस २९ गते । दाङको घोराही उपमहानगरपालिका २ कुइरेपानीमा अवस्थित कालिकादेवी मन्दिर। यो मन्दिर लमही बजारबाट दाङ जाँदा राजमार्गको बायाँतर्फ निकै नै फराकिलो र सुन्दर फूल बगैँचाले सजिएको स्थलमा अवस्थित रहेको छ। मन्दिरको गर्भगृहमा कालिकादेवीको निकै आकर्षक मूर्ति छ।
यस मन्दिरका पुजारीका अनुसार यस यहाँ विशेष गरी नेपाली हिन्दुहरूको पर्व विजयादशमीमा स्थानीय भक्तजनहरूको अत्यधिक भिड लाग्ने गर्दछ। यस देवीको पूजा अर्चना गर्नाले दुःख कष्ट हरण हुने जनविश्वास छ।