काभ्रेपलान्चोक, भदौ ९ गते । काभ्रेपलान्चोकको पनौती नगरपालिका वडा नम्बर १० मा अवस्थित प्रख्यात बिष्णुमूर्ति मन्दिर । यो मन्दिर पनौती बजारदेखि करिब तीन किमी पूर्व मैल बोट, खोपासी भन्ने स्थानको सडकको दायाँतर्फ रहेको छ।
यहीँ मन्दिर भवनको तल्लो तल्लामा राधाकृष्ण मन्दिर रहेको छ भने माथिल्लो तल्लामा निकै नै आकर्षक कक्षमा सुनको जलप लगाएको सिंहासनमा मुद्रा आसनमा नागको छहारीमा विष्णु भगवानको मूर्ति रहेको छ। उक्त मूर्तिको तल विभिन्न भगवानको मूर्ति समेत रहेकोले निकै नै आकर्षक देखिन्छ।
यस मन्दिरका प्रमुख संरक्षक महन्त कमल नयन आचार्यका अनुसार यस मन्दिरको स्थापना २०११ सालमा भएको थियो। यस मन्दिरमा वैशाख महिनामा १० दिनसम्म विष्णु भगवानको जन्मोत्सव मनाइन्छ। उक्त १० दिनसम्म करिब २५० जना भक्तजनहरूलाई प्रसाद स्वरूप भोजन समेत गराइन्छ । जन्मोत्सवको अन्तिम दिन करिब ६ सयदेखि ७ सय जनाले भोजन गर्दछन्। भक्तजनहरूबाट प्राप्त विभिन्न किसिमका सहयोगबाट भोजनको व्यवस्था गरिने विष्णु मन्दिरका महन्त कमल नयन बताउनुहुन्छ।
साथै नयनका अनुसार प्रत्येक महिना विष्णु भगवानलाई दही, दूध, घ्यू, मह आदी मिसाएर महास्नान गराइन्छ र श्रावण महिनामा विष्णु भगवानलाई झुलामा राखेर झुलाइन्छ । यस विष्णु भगवानको पूजा अर्चना गर्न दैनिक करिब २०० जना भक्तजनहरू आउने गर्दछन् । मन्दिर सञ्चालनार्थ श्रृषिदेव सत्यालको अध्यक्षतामा गोढा रङनाथ मैल बोट गुठीको व्यवस्था समेत गरिएको छ ।
 
                                                 
                                                            -(1)-square-thumb.jpg) 
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg)