• १२ साउन २०८१, शनिबार

हाम्रो सम्पदा

तानसेनको भगवती मन्दिर (फोटो फिचर)

blog

पाल्पा, भदौ ३० गते । पाल्पाको सदरमुकाम तानसेनको टुँडिखेल नजिक भीमसेन टोलमा रहेको भगवती मन्दिर भक्तजनको लागि प्रख्यात मानिन्छ । यो मन्दिर निकै नै फराकिलो क्षेत्रफलमा प्यागोडा शैलीको रहेको छ। 

निकै नै आकर्षक रहेको यो मन्दिर  फूल बगैँचाले सिँगारिएको छ। यस मन्दिर भित्र गणेश, द्रौपदी, नागेश्वरीका मूर्तिहरू पनि रहेका छन्। वि.स. १८८६ मा भीमसेनको रथ बनाएको प्रमाणहरूको आधारमा यो मन्दिरलाई निकै नै पुरानो मानिएको छ। भीम एकादशी र भाद्र चौथीका दिन जाग्राम बसी धुनी बालिन्छ। उक्त दिन यस मन्दिरमा भक्तजनहरूको निकै नै घुइँचो हुने गर्दछ। '

यस मन्दिरका पुजारीका अनुसार यस मन्दिरमा पूजा अर्चना गर्नाले आफूले चिताएको पुरा हुने जनविश्वास समेत रहेको छ।