कञ्चनपुर, भदौ २ गते । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १० गोबरियामा अवस्थित पुरानो निङ्गलाशैनी भगवतीको मन्दिर एक ऐतिहासिक महत्वको रूपमा चिनिन्छ । यस क्षेत्रको पुरानो मन्दिर मध्येमा पर्ने यहाँ दर्शनार्थीको भीड लाग्ने गरेको छ ।
मन्दिर जीर्ण भएपछि २०३४ सालमा यस मन्दिरको जीर्णोद्धार गरिएको हो । मन्दिरको क्षेत्रफल निकै नै फराकिलो रहेको छ । यस मन्दिरमा रहेको निंड गलाशैनी भगवतीलाई निकै नै सुरक्षितका साथ राखिएको छ । मन्दिरको प्रवेशद्वारमा घण्टाहरू झुण्ड्इएको छ। गर्भ गृहमा निङ्गलाशैनी भगवतीको मूर्ति आकर्षकका साथ पहेँलो वस्त्र ओढाएर राखिएको छ। यस मन्दिर परिसरमा अन्य विभिन्न देव देवताहरूको मूर्तिहरू समेत रहेका छन्।
मन्दिरका पुजारीका अनुसार यस मन्दिरको कुनै अभिलेख नभएको तर यो देवीको मूर्ति पुरानो भएको अग्रजहरूले बताएका छन् । हिन्दुहरूको विभिन्न पर्वहरूमा यस भगवती मन्दिरमा भक्तजनहरूको विशेष भिड लाग्ने गर्दछ । विजयादशमी लगायतका पर्वमा यो मन्दिरमा विशेष पूजा हुने गर्दछ। दैनिक यस मन्दिरमा नित्य पूजा पुजारीले गर्ने गरेका छन् ।
 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg)