• १६ वैशाख २०८१, आइतबार

हाम्रो सम्पदा

गोरखाको राधा बल्लभेश्वर मन्दिर (फोटो फिचर)

blog

गोरखा, साउन ६ गते । गोरखाको पोखरी थोकमा रहेको ऐतिहासिक राधा बल्लभेश्वर मन्दिर गोरखाकै पुरानो तीर्थस्थल मध्ये एक हो । 

गोरखाको पोखरी थोक वा धारा पानी वडा नं. २ मा अवस्थित प्रख्यात राधा बल्लभेश्वर मन्दिर काष्ठकलाको उत्कृष्ट नमुना भएको यस बल्लभेश्वर मन्दिरको निर्माण शाह वंशीय पुरेत वल्लभ अर्यालले बि.स. १९६१  सालमा निर्माण गरेका थिए । यस मन्दिरमा बि.स. १६९३ को शिलालेखमा रामेश्वर मन्दिरको महत्त्व पनि रहेको देखिन्छ ।

मन्दिरको अगाडी ठुलो पित्तलको त्रिशूल, बायाँतर्फ ठुलो घण्ट, कलात्मक प्रमुख प्रवेशद्वारको तल र माथि विभिन्न देवदेवताहरुको मूर्ति कुँदिएको देख्न सकिन्छ।  मन्दिरको गर्भ गृहमा निकै नै आकर्षक च्याप्टो गोलाकार आकारको कालो प्रस्तरको शिव लिङ्ग रहेको छ । उक्त बल्लभेश्वरको मूर्ति चार पाटे ढुङ्गामाथि रहेको छ । साथै बल्लभेश्वरको मूर्तिको वरिपरि कालो प्रस्तरको पत्थर समेत छ भने, शिवलिंगको चारैतिर विभिन्न देव देवताहरूको मूर्ति समेत रहेको छ। 

यस मन्दिरका पुजारीमा मुरली धर सम्प्रदायले नित्य पूजा गर्दै आएका छन् भनी स्थानीयवासी बताउँछन् । यस मन्दिरमा नेपालीहरूको विभिन्न चाड पर्वहरूमा पूजा अर्चना गरिन्छ उक्त अवसरमा स्थानीय भक्तजनहरूको भिड लाग्ने गर्दछ । मन्दिर परिसरमा अन्य विभिन्न भगवान्हरूको मूर्तिहरू समेत रहेका छन् ।