नेपालको पहिलो चितवन राष्ट्रिय निकुञ्जको सौराहामा सौन्दर्यले भरिपूर्ण मयूर पन्छी देख्न पाइन्छ । मयूर वनको चरा भएकाले यो चरा अन्य राष्ट्रिया निकुञ्जमा पनि देख्न सकिन्छ । जमिनमा गुँड बनाउँछ तर रुखमा बस्छ । यो चरालाई बहुरङ्गी चरा पनि भनिन्छ । दक्षिण एसियाका विभिन्न देशमा मयूर पाइन्छ । प्रजननको मौसममा सौराहा जङ्गलमा मयूरको अत्यधिक चहलपहल हुने गर्दछ ।
मयूरले आफ्नो पुच्छर उठाउन सक्छ । जसको आकारले यसलाई कलाको धैरै मनमोहक प्रदर्शन बनाएको देखिन्छ । पोथी मयूरलाई आकर्षित गर्न भाले मयूरले आफ्नो रङ्गीन पखेटा फैलाएर वरिपरि नाच्ने गरी पोथी मयूरलाई आकर्षित गर्दछ ।
प्रजननको मौसम अप्रिल र मेबिचको हुन्छ । जब पोथीले चारदेखि पाँच वटा अन्डा पार्दछ । अन्डालाई पोथी मयूरले करिब २८ दिनपछि निस्किएसम्म इन्क्युब्युट गर्छ तब चल्लाहरू निस्कन्छ, तिनीहरूका प्वाँखहरू हुन्छन र बच्चाहरू अन्डा निस्केको करिब एक हप्तापछि सामान्य उड्न सक्छन् ।
यो चराको वैज्ञानिक नाम Pavo Cristatus हो । भाले मयूर १९५ देखि २२५ सेन्टिमिटर लामो हुन्छ भने पोथी मयूर करिब ९५ सेन्टिमिटर लामो हुन्छ । भाले मयूरको तौल चारदेखि छ केजी हुन्छ भने पोथी मयूरको तौल तीनदेखि चार केजी हुन्छ । यो चराको औसत आयु लगभग २३ वर्ष हुने गर्दछ ।
भाले मयूरको पुच्छर प्वाँखसहित नीलो हुन्छ र तिनीहरूको पिठ सुन्दर आँखाको जस्तो आकारको हुन्छ । पोथी मयूरको पुच्छर यस्तो हुँदैन र शरीरमा हरियो र खैरो रङको मिश्रण हुन्छ । हिन्दु संस्कृतिमा मयूरलाई सौभाग्य र सफलताको देवता पनि मानिएको छ ।
नेपाल, भारत र श्रीलङ्काको नीलो वा भारतीय मयूर (पाभो क्रिस्टाटस) र म्यान्मार ‘बर्मा’ देखि जाभासम्म पाइने हरियो वा जापानी मयूर (पाभो म्युटिकस) मयूरका दुई प्रख्यात प्रजाति हुन् । कङ्गोको जङ्गलमा बस्ने कङ्गोली मयूर (Afropavo congensis) सन् १९१३ मा खोजी सुरु भएपछि सन् १९२६ मा फेला परेको थियो ।
नीलो पोथी मयूरको शरीरमा प्वाँखहरू सामान्यतया धातुको नीलो र हरियो हुन्छन् । नीलो ट्रेन भएको हरियो मयूरको शरीरमा हरियो र कांसाको प्वाँख हुन्छ । दुवै प्रजातिका मयूर हरियो र खैरो हुन्छन् ।मयूरले परम्परागत अर्थमा यौन सम्पर्क गर्दैनन् किनकि भाले मयूरको यौन अङ्ग हुँदैन । यो महाकाव्यमा पनि उल्लेख गरिएको छ । यसले शुक्राणुलाई तरल पदार्थका रूपमा व्यवहार गर्दछ तर योबाहेक यसका वास्तविक मयूरहरूले शारीरिक रूपमा यौन सम्पर्क गर्दैनन् ।
जे होस, भाले मयूरले मोरको माउन्ट गर्नेछ र आफ्नो क्लोकालाई पङ्क्तिबद्ध गर्ने छ पाचन, प्रजनन र मूत्र पथका लागि एक साझा छिद्र उसको साथमा शुक्राणु स्थानान्तरण गर्न जसलाई ‘क्लोकल किस’ भनिन्छ । यो केही सेकेन्डमा समाप्त हुन्छ ।
मयूरले अन्न, बोटबिरुवा, फूलको कोपिला, बिउको टाउको, जामुन, साना किरा र छेपारोको सिकार गर्दछन् । यसले खेतीयोग्य जमिन, जङ्गल आदिमा आफ्नो खाना खोज्दछ ।
छिमेकी राष्ट्र भारतले सन् १९६३ मा मयूरलाई राष्ट्रिय चरा घोषणा गरेको थियो । यो भारतको राष्ट्रिय प्रतीकमध्ये एक हो ।
चितवनको सौराहाका थारू संस्कृतिमा मयूरको निकै महत्व छ । सौराहाकी ३८ वर्षीय निर्मला चौधरीका अनुसार घरको ढोकामा, घरको भित्तामा, घरपालुवा जनावरको शरीरमा मयूरको तस्बिर कोर्ने थारू संस्कृतिको चलन एवं परम्परा रहेको छ । हात्तीमा, खेतमा, हलोमा, काठको घडामा यसो गर्नाले घरमा धन सम्पत्ति, सुख, शान्ति हुने जनविश्वास रहेको छ । चितवनको सौराहामा पर्यटकलाई मनोरञ्जन र पर्यटकलाई आकर्षक गर्नका लागि परम्परागत थारू मयूर नृत्य पनि गर्ने गरिएको छ ।
त्यसै गरी यो १५ औँ शताब्दीको मयूर झ्याल हो जुन नेपालको भक्तपुरमा बनेको छ । यसलाई नेपालको ‘मोनालिसा’ पनि भन्ने गरिएको छ । यो देशमा कलाको सबैभन्दा मूल्यवान् काममध्ये एक यो पनि हो । भक्तपुर यो प्रसिद्ध मयूर झ्याल विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र पनि बनेको छ ।
कपिलवस्तु जिल्लाको कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवामा सम्राट् अशोकले २४९ ईसा पूर्वमा बनाएको अशोक स्तम्भमा पनि दुई मयूरको चित्र कुँदिएका छन् । भगवान् कृष्णलाई विष्णुको आठौँ अवतार मानिन्छ । मयूरको प्वाँखलाई भगवान् कृष्णको प्रतीकका रूपमा लिइन्छ किनभने भगवान कृष्णले बाल्यकालमा आफ्नो मुकुटमा मयूरको प्वाँख लगाउनु हुन्थ्यो ।
बर्ड कन्जर्भेसन नेपालका अनुसन्धान अधिकृत मोहनविक्रम श्रेष्ठका अनुसार नेपालमा हाल तीन हजारदेखि १० हजारसम्म मयूर रहेको अनुमान गरिएको छ र यस सङ्घले समय समयमा यी चराहरूका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, १९७३ को पाँचौँ संशोधन अनुसार मयूर मार्ने, चोर्नेलाई हानि गर्नेलाई एक हजारदेखि १० हजार रुपियाँसम्म जरिवाना वा छ महिनादेखि दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्थासमेत रहेको छ ।
(ढुङ्गाना वरिष्ठ वाइल्डलाइफ फोटोग्राफर हुनुहुन्छ ।)