• १६ वैशाख २०८१, आइतबार

शिखर शैलीको शिव मन्दिर

blog

कपिलबस्तु, साउन १३ गते । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ८ ठुलो मैनिहवामा अवस्थित शिवको मन्दिर सदरमुकाम तौलिहवा बजारदेखि करिब २ किमी पूर्व अर्थात् लुम्बिनी राजमार्गको बायाँतर्फ रहेको छ ।


नेपालको अन्य शिव मन्दिर भन्दा भिन्दै अर्थात् तल चारपाटे २ तल्लाको र माथि लामो शिखर शैलीको रहेको छ । यस मन्दिरका भित्ताहरूमा यौन कलाकृति लगायत विभिन्न कलाहरू कुँदिएका छन् ।


यस मन्दिरमा श्रीपाल चौधरी वि.स. १९६३।११।२१ लेखिएको शिलालेख पनि रहेको छ । मन्दिरको अगाडी ठुलो पोखरी रहेकोले यस मन्दिरलाई थप सौन्दर्यता थपेको छ । स्थानीयवासीको अनुसार यस शिवको मन्दिरमा हिन्दुहरू विभिन्न पर्वहरू स्थानीय भक्तजनहरूको भिड लाग्ने गर्दछ ।