• २९ वैशाख २०८१, शनिबार

बन्दुक देखाएर सुन व्यापारीमाथि लुटपाट

blog

जानु पाण्डे
कपिलवस्तु, पुस २७ गते ।
कपिलवस्तुमा हतियार देखाएर सुन व्यापारीमाथि लुटपाट भएको छ । पसल बन्द गरी घर फर्किँदै गरेको अवस्थामा बिहीबार साँझ ५ बजेको समयमा लुटपाट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

मास्क र कपडाले मुहार छोपेर आएका छ, सात जनाको समूहले बन्दुक देखाएर लुटपाट गरेको थियो । यशोधरा गाउँपालिका ५ सुठौली र बुढापार जोड्ने मार्गमा सुन व्यापारी शिवमङ्गल बर्माको साथबाट नगद ३७ हजार नेपाली रुपियाँ, तीन हजार भारतीय मुद्रा, सुन र चाँदी गरी ७ लाख बराबरकाे  लुटेको उजुरी परेको छ । बर्माले कपिलवस्तु नगरपालिका वडा नम्बर ५ बभनीचोकमा रहेको जय माँ अम्बे ज्वेलर्स सञ्चालन गर्दै आएका थिए ।