• १४ मंसिर २०८१, शुक्रबार

बुटवल जेसीजको अध्यक्षमा विनोद घिमिरे विजयी

blog

बुटवल जेसिजमा निर्वाचित पदाधिकारी लगायत । तस्बिर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, पुस  २८ गते । बुटवल जेसिजको ५० औँ शाखा अधिवेशनबाट अध्यक्षमा विनोद घिमिरे निर्वाचित हुनुभएको छ । सन् २०२४ को नेतृत्वका लागि भएको अधिवेशनमा अध्यक्षमा घिमिरे र अर्जुन ज्ञवालीले प्रतिस्पर्धा भएको हो । 

घिमिरेले ५९ मत प्राप्त गरेर विजयी हुँदा ज्ञवालीले ७ मत प्राप्त गरेर उपविजेता हुनुभएको हो । जेसिजमा ६८ भोट थियो । बुटवल जेसीजको कार्यकारिणी उपाध्यक्षमा ५७ मतसहित कमल शर्मा र ४९ मतसहित माधव पराजुली निर्वाचित हुनुभयो । उपाध्यक्षमा प्रकाश गैरे, अनिल पौडेल, मनोजलाल श्रेष्ठ ,विशाल पन्थी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

जेसीजको विधान अनुसार अध्यक्षले महासचिवमा केशव श्रीस, कोषाध्यक्षमा यदुमणि पोखरेल र कानुनी सल्लाहकारमा मोहन न्यौपाने र  सिइए टु प्रेसिडेन्टमा अर्जुन ज्ञवालीलाई मनोनीत गर्नुभयो । 

त्यस्तै, सहसचिवमा बाबुराम लम्साल र सह-कोषाध्यक्षमा सरोज पोखरेल चयन हुनुभएको छ । अध्यक्ष घिमिरेले बुटवल जेसिजको गरिमा अझै उँचो बनाउने र नयाँ योजनाका साथमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।