रोकिएन सीमापारिबाट हुने तस्करी
सीमापारि भारतबाट हुँदै आएको चोरी तस्करी नियन्त्रण गर्न सम्बद्ध निकाय असफल भएका छन् । सीमाबाट हुने चोरी तस्करी निरन्तर जारी रहेको गुनासो स्थानीयको छ । नाकामा खटिएको सशस्त्र प्रहरीले दैनिकजसो ठुलो परिमाणमा अवैध रूपमा राजस्व छलेर भित्र्याइएका सामान नियन्त्रणमा लिँदै आए पनि चोरी तस्करी भने रोकिएको छैन ।
२० हजार बढी सवारी साधन कारबाहीमा
कपिलवस्तुमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २० हजार ८९९ सवारी साधनलाई कारबाही गरिएको छ ।
सरकार असफल भइसक्यो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकार असफल भइसकेकाले नेपाली जनताले असक्षम घोषणा गर्न मात्र बाँकी रहेको बताउनु भएको छ ।
ज्येष्ठ नागरिकलाई खिचडी र न्यानो कपडा
बाँकेको नेपालगन्जमा रहेका आश्रमका ज्येष्ठ नागरिक तथा बालबालिकालाई माघी (माघे संक्रान्ति) को अवसरमा खिचडी खुवाइनुका साथै न्यानो कपडा वितरण गरिएको छ ।
पार्टी पुनः निर्माणको काममा अघि बढेको छ : अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी पुनः निर्माणको काममा अघि बढेको बताउनुभएको छ ।
स्थानीय तहमा न्याय सम्पादन गर्न कानुन अधिकृत आवश्यक : सभामुख मगर
स्थानीय तहमा कानुन अधिकृत नहुँदा न्याय सम्पादन गर्न असहज देखिएको लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरले बताउनुभएको छ ।
नेपालगन्जमा नवौँ राष्ट्रिय योग दिवस मनाइयो
योग समिति नेपालले सोमबार बिहान नेपालगन्जमा नवौँ राष्ट्रिय योग दिवस मनाएको छ । नेपालगन्ज उपमहानगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरेर योग समितिले राष्ट्रिय योग दिवस मनाएको हो ।
नेपालगन्जमा साइकल पम्प ट्रयाक
नेपालगन्जमा निर्माण भइरहेको नेपालकै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण तयार भएको छ । सो काममा सहयोग गर्न खटिएका विदेशी नागरिकलाई सम्मानसहित बिदाइ गरिएको छ ।
रुरुक्षेत्र धाममा संक्रान्ति मेला
नेपालको चार धाममध्येको एक रिडी रुरु क्षेत्र धाममा संक्रान्तिको विशेष मेला लागेको छ । पश्चिम नेपालकै प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको रुरुधाम क्षेत्र रिडीमा आज सोमबारदेखि विशेष मेला सुरु भएको हो ।
तेस्रो कार्यकालको दोस्रो वर्षमा नयाँ मानक स्थापित गर्नेछु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धिमूलक बनाउने बताउनुभएको छ ।
बर्दियाको ठाकुरबाबा मन्दिरमा भक्तजनको घुइँचो
थारु जातिको महान् पर्व माघीको सुरुवातसँगै ठाकुरबाबा मन्दिरमा पूजापाठ गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ धार्मिक तीर्थस्थल ठाकुरबाबा मन्दिरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि माघ १ गते पूजापाठ गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको हो ।
चिचर र घोगी घरबासका पहिचान
नवलपुरका घरबास (होमस्टे) मा आउने पर्यटकलाई चिचर (अनदीको चामल पानीको बाफले उसिनेर पकाएको परिकार), घोगी र माछाका परिकारले आकर्षित गरेको छ । घरबास सञ्चालकले चिचर, घोगी र माछाका परिकारले नै उनीहरुको स्वागत गर्ने गरेका छन् ।
थारु गाउँमा माघी पर्वको रमझम
थारु समुदायका सदस्यहरुले आफ्नो नयाँ वर्ष माघी मनाउन सुरु गरेका छन् । माघी खिचडी खिचडाका नामले साँस्कृतिक झाँकी तथा लोक नृत्यहरु प्रदर्शन गरी हर्ष उल्लासका साथ यो पर्व मनाउन थालेका हुन् ।
थारु बस्तीमा सुरुभयो माघ पर्वको उल्लास
घोराही उपमहानगरपालिका–१६ स्यानी अम्वारपुर निवासी अनिता चौधरीलाई माघी पर्वको उमङ्गले छोएको छ । थारु समुदायले नयाँ वर्षको रूपमा माघ नजिकिएसँगै गाउँघरमा नाचगान हुँदा अनितालाई बेग्लै अनुभूति हुने गर्दछ ।
मानिस र जनावर बिचको द्वन्द्व समुदाय र सरकार मिलेर समाधान गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बर्दियामा मानव–जनावरबिचको द्वन्द्व बढ्दै गएको भन्दै समस्या समाधानका लागि स्थानीय समुदाय र तीनवटै तहका सरकार मिलेर हल गर्नुपर्ने बताउनुभएको छ।
एकसय ४४ लाई सिमानाकाबाट घर फिर्ता
मानव ओसारपसार तथा बेचबिखनविरुद्ध बाँकेमा क्रियाशील शुभ सन्देश सभा नेटवर्क (ज्ञान) नेपालले गत आर्थिक वर्षमा नेपालबाट भारततर्फ जाँदैगरेको शङ्कास्पद एकसय ४४ जना नागरिकलाई सिमानाकाबाट घर फिर्ता गरेको छ ।
पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री आउनुहुँदै
माघे सङ्क्रान्तिको अवसरमा यहाँ आयोजना हुन गइरहेको पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने हुनुभएको छ ।
पाठेघर क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
नेकपा (एमाले) बाँकेले आयोजना गरेको पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने स्वास्थ्य शिविरमा २०२ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।
चिसो बढेपछि दाउरा वितरण
शीतलहरसँगै चिसो बढेपछि बाँकेका विभिन्न स्थानीय तहले सार्वजनिक स्थान तथा चोकमा दाउरा वितरण गरेका छन् । आइतबार विहान नेपालगन्ज उप–महानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँमा दाउरा वितरण सुरु गरिएको हो ।
हिउँदे बालीका लागि ६५ क्विन्टल आलु गुल्मी ल्याइयो
बीउ प्रयोजनका लागि रेसुङ्गा नगरपालिकाले आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत हिउँदे बालीका लागि ६५ क्विन्टल जनकदेव जातको आलु गुल्मी ल्याइएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाको १४औँ अधिवेशन
नेपालगञ्ज उपमहानगरपालिका नगर सभाको १४औँ अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले शनिबार नगर सभाको ‘एजेण्डा’ प्रस्तुत गर्दै उहाँले नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक वर्षको स्वीकृत योजना, कार्यक्रम र बजेटमा रकमान्तर स्वीकृति, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा सञ्चालन हुने थप योजना स्वीकृति, फोहाेरमैला व्यवस्थापनका लागि सार्वजनिक, निजी साझेदारीमार्फत कार्यान्वयन सम्बन्धमा स्वीकृति र नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको नियमन सम्बन्धमा स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुभएको थियो ।
दाङको कालिकादेवी मन्दिर
दाङको घोराही उपमहानगरपालिका २ कुइरेपानीमा अवस्थित कालिकादेवी मन्दिर। यो मन्दिर लमही बजारबाट दाङ जाँदा राजमार्गको बायाँतर्फ निकै नै फराकिलो र सुन्दर फुल बगैँचाले सजिएको स्थलमा अवस्थित रहेको छ। मन्दिरको गर्भ गृहमा कालिकादेवीको निकै नै आकर्षक मूर्ति छ।
दुर्घटनाका घाइतेको अवस्था बुझ्न मन्त्री केसी अस्पतालमा
लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा पुग्नुभएको छ ।
थारु समुदायमा माघीको रौनक
बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा माघीको रौनक छाएको छ । यतिबेला थारु गाउँबस्ती माघीमय बनेको छ ।