मस्तिष्क नसासम्बन्धी जटिल शल्यक्रिया
मस्तिष्कको नसासम्बन्धी शल्यक्रिया र उपचारका लागि यस क्षेत्रका अधिकांश बिरामी भारतको लखनउस्थित सुविधा सम्पन्न अस्पतालमा जानेगरेको भए पनि यहीँ नै सफल शल्यक्रिया हुन थालेको छ ।
गुल्मीमा ३४८ जना एचआइभी सङ्क्रमित
गुल्मीमा तीन सय जनाभन्दा बढीमा एचआइभी सङ्क्रमण देखिएको छ । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा ३४८ जनामा एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पताल तम्घासको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
विद्यार्थीलाई पढाउँदै बाँकेका सिडिओ र एसपी
बाँकेको एक सरकारी विद्यालयका विद्यार्थीलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले पढाउनुभएको छ । उहाँहरूले विद्यार्थीलाई पुस्तकको पाठ्यक्रमको पाठ नपढाएर लागूऔषध दुर्व्यवहार विरुद्धको सचेतनाको पाठ पढाउनुभएको हो।
लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै
बुटवलमा पुस ५ देखि १८ गतेसम्म लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय मेला हुने भएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ हुने मेलाले सुस्ताएको अर्थतन्त्र माथि उठाउन सहयोग पुग्ने मेला आयोजक रुपन्देही व्यापार सङ्घले जनाएको छ ।
'एकीकृत पोषण कार्यक्रम' सञ्चालनमा
लुम्बिनी प्रदेशका चार जिल्लामा पोषण सुधार कार्यक्रम सञ्चालनमा आएको छ । हेलेन केयर इन्टरनेसनलको सहयोगमा एकीकृत पोषण कार्यक्रम सुरु भएको हो ।
प्रादेशिक महोत्सवमा साढे नौ करोडको कारोवार
भैरहवामा भएको छैटाैं लुम्बिनी प्रादेशिक महोत्सव –२०८० मा साढे ९ करोडको कारोबार भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी अस्पतालकाे स्तरोन्नति गरिने
बुधवार नेपालगन्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश प्रहरी अस्पतालको पनि स्तरोन्नति गरिने बताउनुभएकाे हाे ।
बुद्धभूमि महोत्सवमा प्रीति आले र सुनिल पण्डितको प्रस्तुति
कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा जारी दोस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा दर्शकको बाक्लो उपस्थिति रहेको छ।
मान्छे टोक्ने कुकुरको बन्ध्याकरण
तुलसीपुर उपमहानगरपालिका–१७ र १८ का विभिन्न ठाउँमा सामुदायिक कुकुरले बालबालिका र जीवजन्तुलाई टोक्न थालेपछि बन्ध्याकरण सुरु गरिएको छ ।
रैथाने उत्पादन प्रवर्धन गर्न हाटबजार
नेपालगन्जमा पहिलो पटक रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन हुनेभएको छ ।
देशलाई निकास दिन सङ्कल्प यात्रा : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई निकास दिन एमालेले समृद्धिका लागि सङ्कल्प यात्रा अभियान सुरु गरेको बताउनुभएको छ ।
लैङ्गिक हिंसारहित घर निर्माणमा जोड
गुल्मीको रेसुङ्गा नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सबैको महत्त्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिएका छन् ।
महिलाको आर्थिक दुर्बलता : पीडा सहेरै पनि हिंसा लुकाउनुुपर्ने बाध्यता
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशव्यापी रुपमा चलिरहेको छ । हिंसा न्यूनीकरणको उद्देश्यका साथ बर्सेनि यो अभियान चलिरहे पनि हिंसाका घटना बाहिर आउन नसक्नु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ ।
मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
प्रनाउ तिवारीका अनुसार मङ्गलबार राती करिब ७ बजेको समयमा नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे ८ प २८३६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा कोहलपुर १४ का ७० वर्षीय प्रमोद पौडेल घाइते भएका थिए ।
निःशुल्क आँखा शिविर हुने
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीहरुका लागि निःशुल्क मोतिबिन्दु छनाेट तथा आँखा शिविर सञ्चालन हुने भएको छ ।
विद्यार्थीको आकर्षण आइटीमा
नेपालगन्जमा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सूचना प्रविधि (आइटी) विषयप्रति विद्यार्थीको आकर्षण बढेको छ। आइटी विषयमा स्नातक तहमा भर्ना भएका पहिलो ब्याचका विद्यार्थीले यसको भविष्य तथा सम्भावना राम्रो भएको बताएका छन्। आइटी कोर्समा अध्ययनरत विद्यार्थीसँगको एक अन्तर्क्रिया कार्यक्रममा सहभागीले रुचि र आकर्षण भएका कारण आफूहरू आइटी शिक्षा अध्ययन गर्न आएको बताएका छन्। नेपालगन्ज रामनगरकी तृष्णा विकले नर्सिङ पढ्ने इच्छालाई त्यागेर आइटी पढ्न आएको बताउनुभयो।
इ–रिक्सामा यात्रु बोक्न रोक लगाउने निर्णय कार्यान्वयनमा
नेपालगन्ज उपमहानगरपालिकाले रातो नम्बर प्लेटका इ–रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाउन यसअघि गरेको निर्णय मङ्गलबारदेखि कार्यान्वयनमा ल्याएको छ ।
बुद्धभूमिमा सामुदायिक महिला स्वयंसेविका दिवस
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा २० औँ सामुदायिक महिला स्वयंसेविका दिवस मनाइएको छ। मङ्गलबार नगरपालिकामा रहेका १० स्वास्थ्य चौकीको आयोजनामा दिवस मनाइएको स्वास्थ्य शाखाले जनाएको छ।
नारायणपुर-अगैया सडक स्तरोन्नति हुने
बाँकेको राप्तीसोनारी गाउँपालिका हुँदै दाङ जोड्ने हुलाकी राजमार्गसँग जोडिएको राप्तीसोनारी ३ नारायणपुरबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत रहेको अगैयासम्म जाने सडकको स्तरोन्नति हुने भएको छ ।
लागूपदार्थ दुर्व्यसन रोक्न प्रहरीको ‘नवप्रवर्तनीय’अभियान
नेपाल प्रहरीले मधेस प्रदेशमा लागूपदार्थ दुर्व्यसनविरुद्ध नयाँ अभियान सञ्चालन गरेको छ । लागूपदार्थको दुर्व्यसन र यसको कारोबारविरुद्ध सचेतना र निस्तेजकार्य सँगसँगै बढाउन प्रदेशका आठवटै जिल्लामा ‘नवप्रवर्तनीय कार्य’अभियान सञ्चालन गरिएको नेपाल प्रहरी, मधेस प्रदेश कार्यालय जनकपुरधामले जनाएको हो ।
बाँकेमा दुई दिनमा सय पिन्ट रगत सङ्कलन
पश्चिम नेपालका विभिन्न जिल्लाबाट गम्भीर प्रकृतिका बिरामी उपचारका लागि आउने नेपालगन्जमा रगतको अभाव टार्न रक्तदान कार्यक्रम निरन्तर भइरहेका छन् ।
स्वास्थ्य स्वयंसेविका सम्मानित
नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, प्रमुख कार्यकारी अधिकृत ओमबहादुर खड्का र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले संयुक्त रुपमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
सिद्धबाबा नजिकै पुरुष मृत फेला
पाल्पामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा नजिकै पहिचान नखुलेको अन्दाजी ५५ वर्षीय पुरुष मङ्गलबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मानव वन्यजन्तु सह-अस्तित्वका लागि हात्ती पूजा (फाेटो फिचर)
हात्तीको पूजा गर्नाले हात्ती निरोगी हुनुका साथै हात्तीबाट हुने मानवीय क्षति कम हुने जनविश्वास छ ।