• २३ असार २०८१, आइतबार

बालिका बलात्कारको आरोपमा रावत पक्राउ

blog

साङे्तिक तस्बिर ।

गजेन्द्र गुरुङ

खजुरा, माघ ७ गते । बाँकेको बैजनाथ गाउँपालिका-५ जिगाउँकी एक बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठेगाना भएका ३५ वर्षीय प्रेमबहादुर रावतलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

ती बालिकालाई रावतले गत पुस २७ गते दिउँसो उनकै घरमा पुगेर घरमा अभिभावकहरू कोही नभएको मौकामा जबरजस्तीकरणी गरेको उहाँले बताउनुभयो । बालिकालाई रावतले जबरजस्तीकरणी गरेको भन्ने उजुरी उनका अभिभावकले प्रहरीमा गरेपछि न्यूसिटी प्रहरी बिटबाट गएको टोलीले रावतलाई पक्राउ गरेको प्रनाउ तिवारीले जानकारी दिनुभयो ।

बलात्कारको आरोप लागेका रावतलाई जिल्ला अदालत बाँकेबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । बालिकाको मेडिकल रिपोर्ट आइसकेपछि थप प्रक्रिया अगाडी बढाइने प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार रावतविरुद्ध जबर्जस्तीकरणी सम्बन्धी कसुरको मुद्दा अगाडी बढाइएको छ । पीडित बालिका र जबर्जस्तीकरणी गर्ने रावत एउटै गाउँका छिमेकी भएको प्रहरीले जनाएको छ ।