• २३ असार २०८१, आइतबार

बालविवाह न्यूनीकरण तथा उच्च शिक्षाका लागि कन्या मुद्दती खाता

blog

बाँकेको डुडुवा गाउँपालिका ।

गोविन्द शर्मा 

बाँके, माघ ७ गते । बाँकेको डुडुवा गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न तथा बाल विवाह न्यूनीकरणका लागि कन्या  मुद्दती खाता योजना ल्याएको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले २०७६ साल साउन १ गतेदेखि गाउँपालिकाल पाँच हजार र अभिभावकले पाँच हजार गरी कन्या मुद्दती खातामा १० हजार रुपियाँ जम्मा गर्ने नीति लिइए पनि विपन्न परिवारले पाँच हजार रुपियाँ बुझाउन नसक्ने भएपछि अर्को वर्षदेखि गाउँपालिकाले १० हजार रुपियाँ जम्मा गर्न थालेको बताउनुभयो । 

अध्यक्ष चौधरीले भन्नुभयो, ‘बालविवाह न्यूनीकरण र शिक्षामा बालिकाको सहभागिता बढाउन जुन समुदायलाई लक्षित गरेका थियौं, त्यो पूरा हुन नसक्ने भएपछि सबै रकम पालिका आफैंले तिरिदिन थालेको छ ।’ यो कार्यक्रम अन्तर्गत २०७६ सालयता जन्मिएका बालिकाको अभिभावकमध्ये एकजना संरक्षक रहने व्यवस्था गरिएको छ । बालिका २० वर्ष पुगेपछि र माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेपछि एकमुष्ट रकम परिवारले प्राप्त गर्न सक्नेछन् । यसबाट बालविवाह न्यूनीकरण भई बालिकालाई उच्च शिक्षा अध्ययनका लागि सहयोग पुग्ने अध्यक्ष चौधरीले बताउनुभयो । 

डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले हालसम्म दुई सय ८९ जना बालिकाको खाता सञ्चालन भइसकेको छ । यसैगरी एक सय १५ जना बालिकाको खाता सञ्चालनका लागि प्रक्रियामा छ ।

पालिकाले सम्पूर्ण रकम जम्मा गर्ने भएपछि बालिकाको जन्म हुनासाथ अभिभावक आफैं सम्पर्कमा आउने गरेका छन् । पहिलो वर्षमा ७४ जना बालिकाको खाता सञ्चालन भएको थियो । सुरुमा पाँच हजार अभिभावकले जम्मा गरेका बालिकाको खातामा पालिकाले १० हजार पु र्‍य ा एपछि १५ हजार रुपियाँ खातामा जम्मा भएको छ ।