• १९ असार २०८१, बुधबार

जाडो बढेपछि विद्यालयमा ३ दिन बिदा

blog

बुटवल उपमहानगरपालिकाको कार्यालय भवन । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, माघ ६ गते । जाडो बढ्दै गएपछि रुपन्देहीका पालिकाले विद्यालयमा बिदा दिन थालेका छन् । अत्यधिक जाडो बढेको भन्दै बुटवल उपमहानगरपालिकाले माघ ७ देखि ९ गतेसम्म ३ दिन विद्यालयमा जाडो बिदा दिएको छ ।

उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गरी उपमहानगरभित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने बताउनुभयो ।

‘यस उपमहानगरपालिकाको माघ ५ को निर्णयअनुसार अत्यन्तै जाडो बढेका कारण यस उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म तीन दिनसम्मका लागि जाडो बिदा (हिउँदे बिदा) गरिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ’ सूचनामा भनिएको छ ।

जाडोका कारण जनजीवन प्रभावित बनेको छ । बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका हुन् ।