• १३ साउन २०८१, आइतबार

इ–रिक्सा र अस्पतालमा कुरुवाको मोबाइल चोरी गर्ने पक्राउ

blog

प्रहरीले पक्राउ गरेका इ–रिक्सा र मोबाइल चोरीमा संलग्नहरू । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, माघ ६ गते ।
 नेपालगन्जमा विभिन्न स्थानमा पार्किङ गरिराखेको इ–रिक्सा तथा अस्पतालहरूमा बिरामीका कुरुवाको मोबाइल चोरी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार यही माघ ३ गते नेपालगन्ज–९ स्थित घरमा चार्जमा जोडेर पार्किङ गरी राखेको इ–रिक्सा चोरी गर्ने नेपालगन्ज–१५ का गुड्डु जसगढलाई प्रहरीले पक्राउ गरेको छ हो । त्यस्तै माघ ४ गते नेपालगन्ज–१० भृकुटिनगरबाट पार्किङ गर राखेको ने १ ह १०३६ नम्बरको इ–रिक्सा चोरी गरेर भाग्दै गरेका अवस्थामा प्रहरीले नेपालगन्जका राजु जसगढलाई पक्राउ गरेको छ ।

यसैगरी, माघ ४ गते नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा आएका बिरामी तथा कुरुवाहरूको मोबाइल चोरी गरी भाग्ने क्रममा जिल्ला नेपालगन्ज–२२ का हकिकत अलि किङ्गरियालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले केही दिनयता इ–रिक्सालगायत अस्पतालमा मोबाइल चोरी भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले सक्रियता बढाउँदा उनीहरूलाई पक्राउ परेको बताउनुभयो ।

पक्राउ परेकाहरूलाई चोरी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको डिएसपी डाँगीले जानकारी दिनुभयो । यस प्रकारका चोरीमा संलग्न अरू पनि हुन सक्ने हुँदा थप छानबिन भइरहेको उहाँको भनाइ छ ।