• १३ साउन २०८१, आइतबार

रुपन्देही व्यापार संघमा अधिकारी निर्वाचित

blog

रुपन्देही व्यापार संघको अध्यक्षमा निर्वाचित हुनुभएको दिपक अधिकारी । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे
बुटवल, माघ ६ गते । 
रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले अध्यक्षका अर्का प्रत्याशी डिल्लीराज भण्डारीलाई ८० मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो ।

शुक्रबार भएको निर्वाचनमा अधिकारीले कुल खसेको एक हजार ८७ मतमध्ये ५४३ मत पाएर अध्यक्ष निर्वाचित हुनुभयो भने भण्डारीले ४६३ मत प्राप्त गर्नुभयो । संघको अन्य पदाधिकारी र सदस्यहरूमा भने दुवै प्यानलको मिश्रित परिणाम आएको छ ।

जस अनुसार संघको प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका दयानिधि भण्डारी विजयी हुनुभएको छ । भण्डारीले ५३५ मत पाएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी अधिकारीको प्यानलका ऋषिराम पाण्डेले ४४७ मत पाउनु भयो ।

यसैगरी, द्वितीय उपाध्यक्षमा ५५७ मतका साथ अधिकारी प्यानलकै प्रेमनाथ पाण्डे विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी भण्डारी प्यानलका नामदेव पाण्डेले ४११ मत प्राप्त गर्नुभयो ।

संघको कोषाध्यक्षमा अधिकारी प्यानलकै मनिराम खनाल ५४४ मतका साथ विजयी हुँदा भण्डारी प्यानलका झविन्द्रप्रसाद अधिकारीले ४५२ मत प्राप्त गरी पराजित हुनुभयो ।

यसैगरी, सचिव पदमा मनोहरी बस्याल, सहसचिव पदमा प्रकाशराज पौडेल, सह-कोषाध्यक्ष पदमा अर्जुनप्रसाद भट्टराई विजयी हुनुभएको छ ।

यसअघि नै संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

संघको सदस्य पदमा केदारनाथ नेपाल, टेकराज पन्थी, वृन्दा भट्टराई आचार्य, ईश्वरा देवकोटा, अशोक ज्ञवाली, गोकुल ज्ञवाली, गोविन्दप्रसाद चापागाईँ, घनश्याम भुसाल, जयलाल न्यौपाने, जीवनारायण घिमिरे, जीवलाल पौडेल, शाभाकुमारी जोशी क्षेत्री, नलराज नेपाल, बालकृष्ण बस्याल, माधवप्रसाद ज्ञवाली, रितेश ज्ञवाली र राजु श्रेष्ठ विजयी हुनुभयो ।