• २ असार २०८१, आइतबार

राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता माविलाई

blog

रेखीराम राना
तानसेन, माघ २० गते । 
तानसेन नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता माविले  जनता माविले ११ स्वर्णसहित नौ रजत र नौ कांस्यसहित २९ पदक जितेको छ । चार दिनदेखि तानसेन टुँडिखेलमा सम्पन्न तानसेन नगरपालिका २७ माध्यमिक विद्यालयबिच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा १० स्वर्ण, नौ रजत र नौ कांस्य गरी २८ पदक जितेर दमकडा मावि दोस्रो, १० स्वर्ण, चार रजत र पाँच कांस्य पदकसहित सरस्वती मावि तेस्रो बनेको शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले जानकारी दिनुभयो ।

विजेता तथा उपविजेतालाई तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजाली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष घिमिरेले शिल्ड, प्रमाणपत्र, ट्रफी प्रदान गर्नुभयो । नगर उपप्रमुख सिंजालीले प्रतियोगिताले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका साथै अनुशासन कायम गराउन सहयोग पुग्ने बताउनुभयो ।