• १३ साउन २०८१, आइतबार

सरुवाविरुद्ध दायर भएको रिट उच्च अदालतद्वारा खारेज

blog

उच्च अदालत तुलसीपुर

सिराज खान
नेपालगन्ज, माघ १३ गते ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत सुनिता पौडेलले सरुवा वदरको मागसहित दायर गर्नु भएको रिट उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले खारेज गरेको छ । पौडेललाई लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले गत साउन ३१ गते स्वास्थ्य निर्देशनालय दाङमा सरुवा गरेको थियो ।

नियमित प्रक्रिया जनाउँदै प्रदेश स्वास्थ्य मन्त्रालयले पौडेलसहित ठूलो सङ्ख्यामा प्रदेशका स्वास्थ्यका कर्मचारीको सरुवा गरेको थियो । अन्य सबै कर्मचारी सरुवा भएका स्थानमा रमाना बुझेर गए पनि स्वास्थ्य कार्यालय बाँकेको प्रमुख समेत रहनु भएका  पौडेलले भने आफ्नो सरुवा गलत तरिकाले गरिएको जनाउँदै सो बदरको माग गर्दै उच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाइ दायर गरिएको रिटको अन्तिम सुनुवाइ गर्दै उच्च अदालतका न्यायधीशद्वय टंक गुरुङ र गोविन्द जोशीको संयुक्त इजलासले पौडेलको रिट खारेज गरेको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सरुवाको निर्णयलाई उच्च अदालतले सदर गरिदिएको छ । उच्चको निर्णयसँगै वरिष्ठ जनस्वास्थ्य अधिकृत पौडेल अब स्वास्थ्य निर्देशनालय दाङमा हाजिर हुनुपर्नेछ ।